२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएइमा संक्रमित दुई नेपालीलाई निको भयो कोरोना



अ+ अ-

काठमाडौँ — यूएईको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित २ जना नेपाली नागरिक निको भएको जनाएको छ ।

आबुधाबी स्वास्थ्य विभागकी सरुवा रोग नियन्त्रणसम्बन्धी महाशाखाकी प्रमुख रहेकी डाक्टर फरिदा अल होसेनीले सोमबार आयोजित पत्रकार सम्मेलनमा २ जना नेपाली नागरिकसहित ३ जना व्यक्ति निको भएकी जनाएको स्थानीय सञ्‍चारमाध्यम द नेसनलले जनाएको छ। निको हुने अर्को एक जना भने इरानी नागरिक रहेको डाक्टर फरिदाले जानकारी दिएकी छिन्। योसहित यूएईमा कोभिड–१९ बाट संक्रमित भएका ४१ जनाले स्वास्थ्यलाभ गरेका छन्।

साथै कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि यूएई सरकार दृढताका साथ लागेको र संक्रमितहरुको मुलुकमा रहेका विभिन्न अस्पतालमा उपचार भइरहेको पनि डाक्टर फरिदाले जानकारी दिइन्।