२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री खरेलद्वारा दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग भेट



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग भेट गरि पीडितको न्यायका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा बुधबार दिवंगत पत्रकार रजककी धर्मपत्नी सुजन रजकसहितको परिवारसँग छलफल गर्दै सञ्चारमन्त्री खरेलले दिवंगत पत्रकार रजकको न्यायका लागि आफूले निरन्तर पहल गर्ने विश्वास दिलाउनुभयो ।

सञ्चारमन्त्री खरेलले दिवंगत पत्रकार रजकको धर्मपप्नी सुजन रजकलाई रोजगारीका निम्ति समन्वय गर्ने तथा निजको उच्च शिक्षाका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । सो अवसरमा रजककी धर्मपत्नी सुजन रजकले सुरेशको न्यायका लागि पहल गरिदिन सञ्चारमन्त्री समक्ष आग्रह गर्नुभएको थियो ।

विसं २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनको क्रममा आगजनी भएको घरमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन रजकको परिवारले माग गर्दै आएको छ ।