२३ जेष्ठ २०८३, शनिबार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक इजलासमा संसद विघटन विरूद्धको मुद्दामा सुनुवाइ सुरु



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा विघटन विरुद्ध दायर भएका रिटहरूमा सर्वोच्च अदालतमा बुधबारदेखि सुनुवाइ सुरू भएको छ । सर्वोच्चको एनेक्स भवनमा विशेष इजलास तयार गरी सुनुवाइ थालिएको हो ।

यस विषयमा दायर भएका कुल १६ वटा रिटलाई एउटै मुद्दाका रूपमा समेटी संयुक्त रूपमा सुनुवाइ गर्ने निर्णय भएको छ ।

सुनुवाइका लागि वरिष्ठतम न्यायाधीशहरूको समावेशसहित संवैधानिक इजलास गठन गरिएको छ । उक्त इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा रहेका छन् ।

रिट निवेदकको पक्षबाट प्रेमराज सिलवालले बहस सुरू गरेका छन् । उनीसँगै वरिष्ठ अधिवक्ताहरू टिकाराम भट्टराई र सुरेन्द्र भण्डारी पनि इजलासमा उपस्थित छन् । अधिवक्ता भट्टराईले रिट निवेदक आयुष बडालको तर्फबाट बहस गर्ने तयारी गरेका छन् ।

रिट निवेदकहरू धेरै जना भएकाले प्रारम्भिक चरणमा प्रत्येक अधिवक्तालाई ५ मिनेटको समय तोकिएको छ ।

सुनुवाइ प्रारम्भअघि प्रधानन्यायाधीश राउतले बहस विषयवस्तुमा केन्द्रित रहन आग्रह गरेका थिए ।