२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसको केन्द्रिय कमिटी बैठक शुरु



अ+ अ-

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटी बैठक शुरु भएको छ ।

नेकपा (माओवादी केन्द्र) सँग एकताका लागि औपचारिक निर्णय लिने भनिएको बैठक भर्खरै शुरु भएको हो । काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा शुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालको बैठकको शुरुमा नै बोल्नुहुनेछ ।

बैठकमा पार्टी अध्यक्ष नेपालसहितका संस्थापन पक्षका नेताहरुले माओवादी केन्द्रसँगको पार्टी एकताको लागि औपचारिक निर्णय गर्ने योजनामा रहेका छन् भने सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल पक्षका नेताहरु भने त्यसको विपक्षमा उभिने तयारीमा रहेका छन् । सम्मानित नेता खनालले माओवादी केन्द्रसँग पार्टी एकताको कुनै औचित्य नभएको धारणा समेत राख्दै आउनुभएको छ ।

जेन–जी आन्दोलनपछि उत्पन्न मुलुकको राजनीतिक परिस्थितिको गम्भिर विश्लेषणसहित आवश्यक निर्णय लिने पार्टीले जनाएको छ ।