२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाेकियाे ओलम्पिक स्थगित, अब सन् २०२१ मा टाेकियाेमै खेल हुने



अ+ अ-

टाेकियाेः

अन्तरराष्ट्रिय ओलम्पिक कमिटीले जापानकाे टाेकियाेमा यस वर्ष आयाेजना गर्न लागिएकाे गृष्मकालीन ओलम्पिक खेल स्थगन गर्ने घाेषणा गरेकाे छ । विश्वभर नै प्राणघातक काेराेनाभाइरसकाे महामारी फैलिएकाे र त्याे नराेकिएकाे भन्दै ओलम्पिक खेल स्थगन गर्नु परेकाे कमिटीले जनाएकाे छ ।

खेलमा सहभागी हुने खेलाडी, ओलम्पिकमा सहभागी हुने अन्य व्यक्तिहरू र अन्तरराष्ट्रिय समुदायकाे सुरक्षाका लागि पनि खेल स्थगन गर्नु परेकाे हाे । क्यानडा, अस्ट्रेलिया, अमेरिका समेतका केही देशले ओलम्पिकका लागि पर्याप्त तालिम गर्न नपाइएकाे र काेराेनाकाे संक्रमणबाट हुन सक्ने जाेखिम लिन आफूहरू तयार नभएकाे बताएका थिए ।

ओलम्पिक कमिटीले २०२१ काे गृष्म यता खेल हुन नसक्ने टाेकियाे ओलम्पिक किमिटीलाइ जानकारी दिएकाे छ । सन् २०२१ मा खेल हुने भएपनि यसलाइ २०२० कै मानिने छ ।

आइओसीका अध्यक्ष थाेमस बाख र जापानका प्रधानमन्त्री शिन्जाे आबेबीच मंगलबार नै टेलिफाेनमा कुराकानी भएकाे थियाे । जापानमा ओलम्पिक खेल आयाेजनाका लागि जापान सरकारले २८ अर्ब डलर खर्च गरिसकेकाे छ ।

विगतमा युद्धका कारण सन् १९१६, १९४० र १९४४ मा ओलम्पिक खेल रद्द गरिएका थिए ।