२८ भाद्र २०८३, आईतवार
,
Latest
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमा नाकामा अलपत्र परेका सयौ नेपालीको २८ घण्टापछि उद्धार



अ+ अ-

धनगढी । लकडाउनका कारण भारतीय सीमा नाका गौरीफन्टामा अलपत्र परेका ९ सय १४ जनालाई २८ घण्टापछि उद्धार गरिएको छ । सोमबारदेखि नै सीमामा रोकिएका नेपालीलाई मंगलबार राति करिब १० बजे कैलाली प्रवेश गर्न दिइएको हो ।

घण्टौंसम्म नाकामा अलपत्र परेकाहरुले नेपाल प्रवेश गर्न दिनुपर्ने माग गर्दै प्रदर्शनसमेत गरेका थिए । संघीय सरकारको निर्देशनपछि घरमै क्वारेन्टाइनमा बस्ने सर्तसहित उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको स्थानीय प्रशासनले जनाएको छ ।

त्रिनगर भन्सार भएर नेपाल प्रवेश गरेका उनीहरुलाई प्रदेश सरकारको समन्वयमा बसमा राखेर घरसम्म पुर्याउने व्यवस्था मिलाइएको छ ।

कोरोना संक्रमण फैलिँदै गएको भारतबाट नेपालीहरु बिभिन्न नाका हुँदै धमाधम नेपाल भित्रिइरहेका छन् । यसले नेपालमा पनि कोरोनाको संक्रमण फैलिने जोखिम बढेको छ ।