६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रेयस अय्यर आईसीयूबाट बाहिर, स्वास्थ्यमा क्रमिक सुधार



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेटर श्रेयस अय्यर सिड्नीस्थित अस्पतालको आईसीयुबाट बाहिर आएका छन् । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र अहिले स्थिर रहेको बताइएको छ ।

भातीय क्रिकेट बोर्ड (बिसीसीआई) ले अय्यरको नजिकबाट स्वास्थ्य निगरानी गर्न टोलीका चिकित्सकलाई सिड्नीमै खटाएको छ । केही दिनमै उनलाई अस्पतालबाट डिस्चार्ज गरिने सम्भावना रहेको छ ।

श्रेयसलाई आईसीयुबाट बाहिर सारिएको छ र उनको अवस्था अहिले स्थिर छ । तर, अस्पतालबाट डिस्चार्ज हुन केही दिन अझै लाग्न सक्ने बताइएको छ । श्रेयसका परिवारका सदस्य पनि चाँडै सिड्नी पुग्ने तयारीमा छन्, ताकि उनीहरूको निकट उपस्थितिमा श्रेयसको हेरचाह र रिकभरी प्रक्रिया अघि बढाउन सकियोस् ।

तेस्रो एकदिवसीय खेलमा बोकेका थिए चोट
सिड्नीमा २५ अक्टोबरमा भएको तेस्रो एकदिवसीय खेलका क्रममा श्रेयस अय्यर घाइते भएका थिए । खेलको ३३.३ ओभरसम्ममा अस्ट्रेलियाले ३ विकेटको क्षतिमा १८४ रन बनाइसकेको थियो ।

यसैबीच, हर्षित राणाको ओभरको चौथो बलमा एलेक्स केरीले इनसाइड–आउट सट खेल्ने प्रयासमा बललाई मिस–टाइम गरे । त्यस समयमा श्रेयस ब्याकवर्ड प्वाइन्टमा फिल्डिङ गरिरहेका थिए । उनले फुर्तिलो प्रतिक्रिया दिँदै पछाडि दौडिए र उत्कृष्ट क्याच समाते ।

तर, क्याच समातेपछि उनको सन्तुलन बिग्रियो र उनी दुई–तीन पटक पल्टिए । त्यही क्रममा उनको बाँया करङमामा चोट लाग्यो ।

स्प्लिनमा चोट र आन्तरिक रक्तस्राव
मिडिया रिपोर्ट अनुसार, उक्त चोटपछि उनको शरीरभित्र आन्तरिक रक्तस्राव भएको थियो । त्यसैले पूर्ण रूपमा फिट हुन उनलाई अझै समय लाग्ने अनुमान गरिएको छ । अहिले नै उनी कहिले प्रतिस्पर्धात्मक क्रिकेटमा फर्कने भन्ने बारे निश्चित समयसीमा बताउन कठिन भएको चिकित्सकहरूले बताएका छन् ।

३१ वर्षीय श्रेयसलाई भारत फर्कने अनुमति पाउनुअघि कम्तीमा एक हप्ता सिड्नीको अस्पतालमै रहनुपर्नेछ । उनी हाल भारतीय टी–२० टोलीको हिस्सा छैनन् ।

बीसीसीआईले विज्ञप्तीमा भनेको छ– स्क्यान रिपोर्ट अनुसार, अय्यरको स्प्लिनमा चोट लागेको छ । उनको उपचार भइरहेको छ, अवस्था स्थिर छ र उनी क्रमशः निको हुँदै गइरहेका छन् । हाम्रो मेडिकल टोलीले सिड्नी र भारतका विशेषज्ञ चिकित्सकहरूसँग निरन्तर सल्लाह गर्दै उनको स्वास्थ्य अवस्थामाथि नजिकबाट निगरानी गरिरहेको छ ।

भारतीय टोलीका चिकित्सक केही दिन सिड्नीमै रहेर श्रेयसको दैनिक प्रगति मूल्याङ्कन गर्नेछन् । रिपोर्टका अनुसार, उनका आमा–बुबाको भिसा प्रक्रियामा छ, जसपछि उनीहरू छिट्टै सिड्नी पुगेर अय्यरसँग भेट्नेछन् ।