१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर

निर्वाचन सफल पार्न सरकार प्रतिवद्धताकासाथ लागेको छः सञ्चारमन्त्री खरेल

निर्वाचन सफल पार्न सरकार प्रतिवद्धताकासाथ लागेको छः सञ्चारमन्त्री खरेल
अ अ+ अ-

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमिन्त्री जगदीश खरेलले वर्तमान सरकार फागुन २१ मा घोषित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न प्रतिवद्धताका साथ लागि परेको बताउनुभएको छ ।

ललितपुरको इमाडोलस्थित (इभी दह) बोजेपोखरीमा छठ पूजा व्यवस्थापन समाजले सोमबार आयोजना गरेको छठ पूजामा कार्यक्रममा बोल्दै मन्त्री खरेलले निर्वाचन सफल बनाउन र मुलुकमा सुशासन कायम तथा भ्रष्ट्राचार नियन्त्रणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो,“अहिलेको सरकार खासगरी निर्वाचन गर्ने सन्दर्भमा, सुशासन कायम गरेर भ्रष्ट्राचार नियन्त्रण गर्ने तथा जेनजी आन्दोलको क्रममा भएको धन जनको क्षतिको अनुसन्धान गरि कारबाहीको प्रक्रिया अगाडि बढाउन लागेको छ ।”

मन्त्री खरेलले छठ पर्व सम्पूर्ण नेपालीहरुको राष्ट्रिय गौरव र आत्मियताको पर्व रहेको उल्लेख गर्नुभयो । “छठ तराई–मधेशबासीको मात्रै पर्व रहेन । यो सम्पूर्ण नेपालीहरुको राष्ट्रिय गौरव, आत्मियताको पर्व र पवित्रताको प्रतिक पनि रहेको छ । यस पर्वको उपलक्षमा म सम्पूर्ण नेपालीहरुमा हार्दिशक मंगलमय शुभकामना व्यक्त गर्दछु । छठीया माताले देशकमा शुख, शान्ति र समृद्धिको लागि हामीलाई आशिर्वाद प्रदान गर्नुहुनेछ भन्ने कामना पनि गर्दछु”, उहाँले भन्नुभयो ।

सञ्चारमन्त्री खरेलले महालक्ष्मी नगरपालिकालाई अझै सुन्दर, व्यवस्थित र समृद्ध बनाउन बनाउन सबै लाग्नुपर्नेमा जोडा दिनुभयो । उहाँले अगाडि थप्नुभयो,“आज बोजेपोखरी सुन्दर र शान्त भएकाले हामी तमाम नगरबासीहरु जम्मा भएर छठ पर्व मनाइरहेका छौँ, यसलाई अझै हर्षोल्लासका साथ मनाउनका लागि सबैमा अनुरोध गर्न चाहन्छु ।”

सञ्चारमन्त्री खरेलले साँझ बोजेपोखरीमा आयोजित छठ पूजामा सहभागी भई छठी माताको दर्शन गर्नुका साथै पूजा आराधना गर्नुभयो । साथै उहाँले छठ पूजा कार्यक्रमको अवलोकनसमेत गर्नुभयो । सञ्चारमन्त्रीलाई छठ पूजा व्यवस्थापन समाजका पदाधिकारी र स्थानीयबासीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनको पनि उपस्थिति थियो ।

छठ पूजा व्यवस्थापन समाजका अध्यक्ष उमेश्वर यादवले विगतका वर्षहरुदेखिनै बोजेपोखरीमा छठ पूजा गरिदैँ आएको बताउनुभयो । उहाँले छठ पूजा प्रकृतिको पूजा खासगरी मानव मानवलाई जोड्ने माध्यम भएको उल्लेख गर्नुभयो । अध्यक्ष यादवले सञ्चारमन्त्री खरेलले बोजेपोखरीमा आयोजित छठ पूजामा सहभागी भएर हौशला प्रदान गर्नुभएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले बोजेपोखरीमा वर्षेनी धेरै संख्यामा भक्तजनहरु आउने भएकाले घाट साँघुरो हुदा पूजा व्यवस्थापनमा समस्या भइरहेको भन्दै यसलाई आगामी दिनमा थप प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । महालक्ष्मी नगरपालिका वडा नं ३, बोजेपोखरी संरक्षण तथा विकास समिति र बोजेपोखरी खानेपानी तथा सरसफाई समितिको सहकार्यमा समाजले छठ पूजा आयोजना गरेको हो ।

सोमबार साँझ अस्ताउदो सूर्यलाई अर्घ दिएर सुरु भएको छठ पूजा मंगलबार विहान उदाउदो सूर्यलाई अर्घ दिएर समापन गरिन्छ ।