२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्की छठका लागि कमलपोखरी जाने



अ+ अ-

काठमाडौं: छठ पर्वका अवसरमा प्रधानमन्त्री शुसिला कार्की आज कमलपोखरी स्थित छठघाटमा जानु हुने भएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार, उहाँ आज अपराह्न ४ बजे कमलपोखरी पुग्नु हुनेछ ।

राजधानीका कमलपोखरी, गौरीघाट, बाग्मती किनार, टेकु दोभान, विष्णुमति, नख्खु खोला, महालक्ष्मी नगरपालिकाको बोझेपोखरी लगायतका स्थानमा आज छठघाट बनाइएको छ ।

नेपालका विभिन्न भागका नदी, तलाउमा आज भव्य रुपमा सजिसजाउ छठघाट बनाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिँइदै छ ।

नेपाल सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।