१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर

छठ पर्वले राष्ट्रिय एकता, सद्भाव र स्थायित्व सुदृढ पार्ने शिर्ष नेताहरूको विश्वास

छठ पर्वले राष्ट्रिय एकता, सद्भाव र स्थायित्व सुदृढ पार्ने शिर्ष नेताहरूको विश्वास
अ अ+ अ-

काठमाडौँ । छठ पर्वले राष्ट्रिय एकता, सद्भाव र स्थायित्व सुदृढ पार्ने नेपालका शिर्ष नेताहरुले बताउनुभएको छ ।

छठ पर्व–२०८२ का अवसरमा शुभकामना सन्देश जारी गरी यस पर्वले नेपाली समाजमा राष्ट्रिय एकता, सद्भाव र सहअस्तित्व सुदृढ पार्ने विश्वास व्यक्त गर्नुभएको हो ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभा अध्यक्ष सबैले छठलाई राष्ट्रिय एकताको प्रतिकका रूपमा चित्रण गर्दै विविधताभित्रको एकता र सहकार्यको आवश्यकता औंल्याउनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक विभेद र विसङ्गतिको अन्त्य गर्दै राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि यस वर्षले थप सहयोग पुग्ने उहाँको भनाइ छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वले सबै नेपालीलाई राष्ट्रिय एकता र अखण्डताको सूत्र बलियो बनाउने र सबैलाई खराब आचरण त्याग्न प्रेरित गर्ने बताउनुभएको छ । उहाँले उच्च राष्ट्रियताको भावले अभिप्रेरित गर्ने मद्दत गर्ने उल्लेख गर्नुभयो । छठ पर्वलाई उहाँले प्रकृतिप्रति आस्था र पुस्तान्तरण हुँदै गएको मौलिक संस्कृतिको प्रतिकका रूपमा वर्णन गर्नुभएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले शुभकामना सन्देशमार्फत राष्ट्रिय एकता, सद्भाव र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिवद्ध रहन सबैलाई आग्रह गर्नुभएको छ । उहाँले अहिलेको अवस्थामा सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो रहेको उल्लेख गर्नुभएको छ । आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन सफल बनाउन उहाँले सबै पक्षसँग आग्रह पनि गर्नुभएको छ । सडक प्रदर्शन मात्र सबै समस्याको समाधान नभएको उल्लेख गर्नुहुँदै उहाँले आफ्ना मुद्दाहरुलाई निर्वाचनबाट अनुमोदित गराउनु नै लोकतन्त्रको सर्वोत्तम विधि भएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई एक ‘राष्ट्रिय अनुष्ठान’ का रूपमा ग्रहण गरी सफल बनाउनुपर्नेमा जोठ दिनुभएको छ । छठ पर्वले तराई–पहाडबीचको सांस्कृतिक एकता सुदृढ गर्ने उहाँको भनाई छ ।

सभामुख देवराज घिमिरेले ‘जेन—जी आन्दोलन’पछि देखिएको असहज अवस्थालाई शान्ति र स्थायित्वमा रूपान्तरण गर्न सरकार, राजनीतिक दल, युवा र नागरिक समाजबीच साझा सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ । उहाँले छठ पर्वले सुशासन, समानता र राष्ट्रिय एकतालाई सुदृढ बनाउने अपेक्षा व्यक्त गनुभयो । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । संविधानले नै विविध जाति, धर्म, संस्कृति र समुदायलाई समान अधिकार दिएको उल्लेख गर्नुहुँदै उहाँले विविधताभित्रको एकता नै नेपाली हुनुको पहिचान भएको बताउनुभएको छ ।

सूर्यको उपासना गरी मनाइने छठ पर्व प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा स्थापित छ । अस्ताउँदो सूर्यलाई अघ्र्य दिई नदी वा जलाशयको छेउमा रातभर व्रत बसेर बिहानपख उदाउँदो सूर्यलाई अघ्र्य दिनु छठ पर्वको मुख्य विशेषता हो । मानव जीवनका लागि अनिवार्य जल, जमिन र सूर्यसँग जोडिएको यस पर्वले प्रकृतिप्रतिको सम्मान दर्शाउने गरेको पाइन्छ । चारदिने यो पर्वमा नहाय–खाय, खरना, अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिने विधिहरूसँगै व्रतालुहरूले नदी, पोखरी र जलाशयमा पूजाआराधना गर्दै परिवार र समाजको कल्याणको कामना गर्ने गर्दछन् ।

छठ पर्वको अवसरमा राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे, प्रतिनिधि सभाकी उपसभापति इन्दिरा रानामगर र राजनितिक दलका प्रमुखहरुले पनि शुभकामना व्यक्त गर्नुभएको छ ।