२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन—जी आन्दोलनका शहीद र घाईतेहरुको बलिदान खेर जान दिनु हुँदैनः मन्त्री गौतम



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले जेन—जी आन्दोलनका शहीद र घाईतेहरुको बलिदान खेर जान दिन नहुने बताचउनुभएको छ ।

सोमवार बिहान सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेन जी आन्दोलनका घाईतेहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले केएमसी अस्पतालले जेन जी आन्दोलनका क्रममा घाईते भएका ८३ जनाको उपचार गरेको र २ जना मात्रै अहिले उपचाररत रहेको बताउनु भयो । उपचाररत घाईतेमध्ये एक जना महिला रहनुभएको र उहाँमाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको पाएको बताउनु भयो । अर्को एक घाईते गोली लागेर उपचाररत रहेको जानकारी दिनुभयो । दुवै घाईतेको अवस्था सुधारोन्मुख रहेको बताउनु भयो । शहीदको बलिदान खेर जान नदिनेतर्फ आफूहरु सचेत रहेको र जेन जीहरुको भ्रष्टाचार हुनु नहुने, सुशासन कायम हुनुपर्ने मागलाई बिर्सन नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केएमसीबाट ८३ जना जेन जी घाईतेहरुलाई उपचार गरिसक्नुभएको रहेछ । अहिले मैले २ जना बिरामी हेरेँ । अरु सन्चो भएर जानुभयो । एक जना महिलामाथि आन्दोलनका क्रममा पेट्रोम बम प्रहार भएको रहेछ, त्यो हेर्दा साह्रै दुःख लाग्यो । जेन जी छोरा रहेछन् । अर्को एक व्यक्तिलाई गोली लागेको रहेछ । उहाँको अवस्था जटिल नै छ । उहाँको अवस्था पनि सुधारोन्मुख रहेछ । उपचारमा अस्पतालले धेरै राम्रो गरेको रहेछ । यत्रो शहीद र घाइतेको बलिदान खेर जानु हुँदैन । हामी सबै त्यसतर्फ सचेत छौँ । गुड गभर्नेन्सको मुद्दा हामीले बिर्सिनु हुँदैन ।’

उहाँले शहीदको बलिदानको अवमूल्यन गर्न नहुने बताउनु भयो ।