२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

चिसोका कारण हुम्लाका विद्यालयमा पठनपाठन बन्द

चिसोका कारण हुम्लाका विद्यालयमा पठनपाठन बन्द
अ अ+ अ-

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा चिसो अत्यधिक बढ्दै गएपछि सामुदायिक तथा निजी विद्यालयले पठनपाठन बन्द गरेका छन् । सात स्थानीय तह रहेको हुम्लामा हिउँदे बिदाले पुस र माघ दुई महिना यहाँका विद्यालयमा पठनपाठन बन्द हुने गर्दछ । 
    
चिसो अत्यधिक बढेसँगै यहाँका स्थानीय तहले विद्यालयमा हिउँदे बिदा दिने गरेका छन् । जिल्लाका सातमध्ये छ गाउँपालिकाका विद्यालय हिउँदे बिदाले बन्द भएका छन् । जिल्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिकासहित नाम्खा, खार्पुनाथ, सर्केगाड र ताँजाकोट गाउँपालिकामा रहेका सामुदायिक तथा निजी विद्यालय बन्द भएका छन् । सिमकोट गाउँपालिकाले यसअघि नै आफ्ना माताहतमा रहेका निजी तथा सामुदायिक विद्यालयलाई यही पुस १५ गतेपछि बन्द गर्न निर्देशन दिइसकेको थियो ।
     
जाडो मौसमको सुरुआत भएसँगै चिसोले असहज भएपछि वार्षिक परीक्षाअगावै विद्यालय बन्द गरिएको छ । विगतका वर्षमा यो समय हुम्लामा अन्तिम परीक्षाको नतिजा निकालिए पनि गत वर्ष कोरोना सङ्क्रमणका कारण र यस वर्ष विद्यालय ढिला खुलेकाले परीक्षा नै लिन नसकिएको मानसरोवर माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताउनुभयो । 
     
फागुन महिनाबाट हुम्लामा नयाँ शैक्षिकसत्रका लागि भर्ना लिएर पठनपाठन हुने गर्दथ्यो । यस वर्ष कतै त्रैमासिक र कतै अर्धवार्षिक परीक्षा मात्रै सकिएको छ । वार्षिक परीक्षा अब सिधै फागुनमा विद्यालय सञ्चालनमा आएपछि कहिले गर्ने भन्ने थाहा हुने प्राध्यापक शाहीले बताउनुभयो । 
      
अत्यधिक जाडोका कारण उत्तरी नाम्खा गाउँपालिकामा रहेका अधिकांश विद्यालय यसअघि मङ्सिरमै परीक्षा सम्पन्न गरेर बन्द भइसकेका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण विद्यालयमा नियमित पठनपाठन भएको थिएन् । हुम्लामा गत जेठबाट मात्रै जिल्लाका विद्यालयले पठनपाठन सञ्चालनमा ल्याएका थिए । 

जिल्लामा १५१ सामुदायिक विद्यालय रहेकामा १२६ बन्द भएको जानकारी प्राप्त भएको छ । यसमा २७ मावि र १२४ आधारभूत विद्यालय रहेका छन् । चङ्खेलीका २५ विद्यालयमा भने हिउँदभरि नियमित पठनपाठन हुने भएको छ । जिल्लाका अन्य छ वटा स्थानीय तहले आफ्ना मातहतका विद्यालय चिसोका कारण बन्द गरे पनि चङ्खेली गाउँपालिकाले भने नियमित पठनपाठन कार्यलाई जारी राख्ने भएको छ । रासस