२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट लिग–२ः नेपाल अमेरिकासँग १०६ रनले पराजित



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपाल अमेरिकासँग पराजित भएको छ ।

भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकासँग १०६ रनले हार ब्यहोरेको हो । अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ रनमा अलआउट भयो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४०, आसिफ शेखले ३७, भिम सार्कीले २९, आरिफ शेखले २० तथा सोमपाल कामीले ११ रन बनाए ।

कुशल भुर्तेल र सन्दीप लामिछानेले खाता खोल्न सकेनन् भने रोहित पौडेलले दुई रनमात्रै बनाए । यस्तै, गुलशन झा ३ रनमा आउट हुँदा ललित राजवंशी शून्यमा अविजित रहे ।

नेपाललाई सस्तैमा समेट्न हर्मित सिंह एक्लैले ६ विकेट लिए । यस्तै, शुभम रन्जानेले दुई तथा रुशिल उगरकरले एक सफलता हात पारे ।

त्यसअघि दुबइ अन्तरराष्ट्रिय रङ्गशालामा टस हारेर पहिले ब्याटिङ थालेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २६२ रनको योगफल तयार गर्यो ।

अमेरिकाका लागि स्मित पटेल र मिलिन्द कुमारले अर्धशतकीय इनिङ्स खेले । पटेलले १०० बलमा ७५ रन बनाउँदा कुमार ५० बलमा ७० रनसहित अविजित रहे । यस्तै, सैतेजा मुक्कामल्लले ४२, शुभम रन्जनेले १९, हर्मित सिंहले १६ रन जोडे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।




भर्खरै