२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग–२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको चुनौती



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले अमेरिकाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

यसैबीच अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ । दुबइ अन्तरराष्ट्रिय रङ्गशालामा टस हारेर पहिले ब्याटिङ थालेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २६२ रनको योगफल तयार गर्यो ।

अमेरिकाका लागि स्मित पटेल र मिलिन्द कुमारले अर्धशतकीय इनिङ्स खेले । पटेलले १०० बलमा ७५ रन बनाउँदा कुमार ५० बलमा ७० रनसहित अविजित रहे । यस्तै, सैतेजा मुक्कामल्लले ४२, शुभम रन्जनेले १९, हर्मित सिंहले १६ रन जोडे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।