२८ भाद्र २०८३, आईतवार
,
Latest
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघ्यो



अ+ अ-

काठमाडौं । विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघेको छ। चीन र युरोपपछि कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् ।

अमेरिकाभर साढे ५ लाख ५२ हजार मानिसमा गरिएको परीक्षणमा ८३ हजार ५०० मानिसमा कोरोनाको लक्षण भेटिएको छ । यो संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा १ हजार ७ सय १८ ले बढी हो ।

यद्यपि, ज्यान गुमाउनेको संख्या भने अमेरिकामा चीनको भन्दा कम छ । यहाँ हालसम्म १ हजार २ सय मानिसको कोरोनाका कारण ज्यान गएको बीबीसीले जनाएको छ ।

कोरोनाबाट सबैभन्दा धेरै इटलीका ८ हजार २ सय १५ मानिसको ज्यान गएको छ । यहाँका कुल संक्रमितको संख्या भने ८० हजार ५ सय ८९ छ । कोरोना प्रकोप नियन्त्रणउन्मुख देखिएको चीनमा ३ हजार २ सय ९१ को ज्यान गइसकेको छ ।

चीनको हुबेई प्रान्तको वुहान सहरमा गत डिसेम्बरको अन्तिम साताबाट देखापरेको कोरोनाबाट हालसम्म २४ हजार मानिसको ज्यान गइसकेको छ । १९७ देशका ५ लाख ३१ हजार मानिस संक्रमित छन् ।