३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः लिभरपुल र चेल्सी पराजित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल पराजित भएको छ । गएराति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डसँग ३–२ गोलले हार ब्यहोरेको हो ।

खेलको पाँचौं मिनेटमा नै डांगो क्वाटाराले गोल गर्दै घरेलु टोलि ब्रेन्टफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा केभिन शेडले गोल थप्दै टोलिको अग्रता दोब्बर पारे । यता, पहिलो हाफकै इन्जुरी समयमा मिलोस केक्रेजले गोल गर्दै लिभरपुललाई १–२ को अवस्थामा ल्याए । ६० औं मिनेटमा इगोर टियागोले गोल गर्दै ब्रेन्टफोर्डलाई ३–१ ले अघि बढाए । उनले पेनाल्टीमा गोल गरेका हुन् ।

यता, ८९ औं मिनेटमा मोहम्मद सलाहले गोल फर्काउँदै लिभरपुललाई २–३ को अवस्थामा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र लिभरपुल पराजित हुन पुग्यो । लिभरपुलको यो लगातार चौंथो हार हो । टोलि ९ खेलबाट १५ अंकका साथ तालिकाको छैटौं स्थानमा रहेको छ भने ब्रेन्टफोर्ड १३ अंकका साथ १० औं स्थानमा छ ।

यस्तै, अर्को खेलमा चेल्सीले सन्डरल्यान्डसँग घरेलु मैदानमै १–२ गोलको हार ब्यहोर्यो । खेलको चौंथो मिनेटमा नै अलेजान्ड्रो गर्नाचोले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । २२ औं मिनेटमा विल्सन इसिडोरले गोल गर्दै सन्डरल्यान्डलाई १–१ को बराबरीमा ल्याए ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा चेम्सडिन ताल्बिले गोल गर्दै सन्डरल्यान्डलाई रोमाञ्चक जित दिलाए । जितसँगै सन्डरल्यान्ड ९ खेलबाट १७ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चेल्सी १४ अंकका साथ तालिकाको आठौं स्थानमा छ ।