२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लकडाउन’मा घर बाहिर निस्केको भन्दै दाजुले गरे भाइको हत्या



अ+ अ-

काठमाडौं । ‘लकडाउन’मा घर बाहिर निस्केको भन्दै आफ्नै दाइले भाइको हत्या गरेका छन् । भारतको मुम्बई कान्दिवाली इष्टमा बस्ने २८ वर्षीय राजेश ठाकुरले २१ वर्षका भाइ दुर्गेसको हत्या गरेका हुन् । भारत सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लकडाउन घोषणा गरेको छ ।

भास्कर दैनिकमा प्रकाशित समाचार अनुसार राजेशले भाइलाई ‘लकडाउन’को बेला घरबाट बाहिर नजान भनेका थिए । तर, दाइको आदेश नमान्दै भाइ घरबाहिर निस्किका थिए ।

यही कुरामा दुवैबीच झगडा भयो । झगडा चर्किदै गएपछि राजेशले तावाले दुर्गेशको टाउकोमा प्रहार गरे । घाइते दुर्गेसलाई अस्पताल लगिएपनि डाक्टरले उनलाई बचाउन सकेनन, मृत घोषणा गरे ।

‘लकडाउन’मा बाहिर निस्किन खोजेको आरोपमा भएको झगडाका कारण भाइको हत्या गरेको आरोपमा प्रहरीले राजेशलाई पक्राउ गरेको छ । पुनामा वेटर काम गर्ने दुर्गेस ‘लकडाउन’का कारण एक साता अघि मात्र घर आएका थिए ।