२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नोबेल बिजेता वैज्ञानिकको दावी-‘कोरोना भाइरस अब केही दिनमात्र’



अ+ अ-

काठमाण्डौ । विश्वभरी कोरोनाको माहामारी फैलिरहेका वेला नोबेल बिजेता वैज्ञानिकले चाँडै राहात प्रदान गर्ने दाबी पेश गरेका छन्। वैज्ञानिकका स्टायनफोर्ड बायोलिजिस्ट माइकल लेबिटका अनुसार कोरोना भाइरस अब केही दिनको पाहुना मात्रै हो ।

विश्वभर फैलिएको कोरोनाभाइरसको प्रभाव अब खत्तम हुुने मोडमा पुुगेको छ । अब आउनेवाला दिनमा माहौल सुधारिँदै जाने छ । नोबेल पुुरस्कारबाट सम्मानित वैज्ञानिक लेबिटले दाबी गरेका छन् कि अब कोरोनाबाट विश्वले छुटकारा पाउने बेला आएको छ ।

माइकल तिनै वैज्ञानिक हुन् जसले चीनमा कोरोनाबाट हुने क्षति र अवस्थाको सटिक भविष्यवाणी गरेका थिए ।

माइकलले सन् २०१३ मा नोबेल पुुरस्कार जितेका थिए । लस एन्जल्स टाइम्स्लाई दिएको एक अन्तर्वार्तामा उनले कोरोनाबाट विश्व जगत जति त्रसित भएको छ, वास्तवमा अवस्था त्यति भयावह नभएको बताएका छन् ।

उनको यो अभिव्यक्तिले विश्वभरका मानिसलाई केही राहात दिएको छ ।

माइकलले एक ब्लगमार्फत चीनमा कोरोनाको मृत्युदर घटिरहेकाले यो छिट्टै नियन्त्रणमा आउने बताएका थिए ।

माइकलले गरेका अनुमान सही साबित भयो र चीनमा मार्चको पहिलो सातादेखि कोरोनाबाट भइरहेको मृत्युमा उल्लेख्य कमी आयो ।

अहिले चीनको अर्थतन्त्र पनि पहिलेको बाटोतर्फ अग्रसर भइरहेको छ। कोरोनाको संक्रमणबाट सबैभन्दा प्रभावित चीनको हुवेई प्रान्त पनि लामो लकडाउनपछि खुुल्ने क्रममा छ ।

माइकलले चीनमा कोरोनाबाट हुुने मृत्युुको पनि भविष्यवाणी गरेका थिए । उनले चीनमा कोरोनाबाट ३२५० जनाको मृत्युु हुुने भविष्यवाणी गरेका थिए भने ८० हजार संक्रमित हुुने विश्लेषण गरेका थिए ।

कोरोनाभाइरस विश्वबाट चाँडै नै हराए पनि यसले अर्थतन्त्रमा पारेको प्रभाव भने दिर्घकालसम्म देखिने भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।