२८ भाद्र २०८३, आईतवार
,
Latest
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ हालत : रौतहटमा भारतबाट मात्र ५१ हजार आए तर क्वारेन्टाइनमा २४ जनामात्र



अ+ अ-

काठमाडौ । रौतहट जिल्लामा भारतबाट मात्र ५१ हजार १ सय ५४ जना भित्रिएका छन् । तर पनि उनीहरुमध्ये २४ जनामात्र क्वारेन्टाइनमा छन् । ती २४ जनालाई मात्र बुधबार रातिदेखि गौर र चन्द्रनिगाहपुरका क्वारेन्टाइनमा राखिएको बताइएको छ। समाचारमा रौतहटमा ५१ हजार जना त भारतबाट मात्र भित्रिएको तथ्यांक हो, अरु खाडी देशबाट कति आए भन्ने तथ्यांक पनि छैन ।

ती मध्ये चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा ८ जना र गौर नगरपालिका९५ स्थित नर्सिङ इन्स्टिच्युटमा १६ र लाई राखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी गराएका छन्।

चन्द्रपुरमा ८ जनालाई निजी चन्द्रपुर अस्पतालमा लगिएको थियो। त्यहाँ साधनस्रोत नभएपछि सरकारी अस्पतालमा राखिएको हो। उनीहरूलाई चन्द्रपुर९६ स्थित क्वारेन्टाइनमा राखिने इलाका प्रशासन कार्यालयका उपसचिव चेतराज बरालले बताए।

भारतबाट आएकाहरूलाई निगरानीमा राखिएको स्थानीय प्रशासनले जनाएको भए पनि त्यस्तो कुनै निगरानी देखिएको छैन । रौतहटका गाउँबाट केरला, मुम्बई, पञ्जाब, दिल्ली, पटनालगायत स्थानमा काम गर्न जाने गर्दछन्। रौतहटका गौर, बंकुल, लक्ष्मीपुर बेलबिछवा, औरैयालगायत आठ खुला नाका छन्।

जिल्ला सुरक्षा समितिको बैठकले १८ वटै स्थानीय तहले अनिवार्य रूपमा क्वारेन्टाइनको व्यवस्था गर्न निर्देशन दिएको जिल्ला प्रशासनले जनाएको छ।