२८ भाद्र २०८३, आईतवार
,
Latest
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस दुर्घटनामा सहचालकको मृत्यु



अ+ अ-

सल्यान । बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । शारदा नगरपालिका ८ काटीगाउँबाट दुल्धारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस मार्केबजार नजीकै दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ का १८ वर्षीय सुजन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी शारदा ८ का २६ वर्षीय सुरेन्द्र सेजवाल, २७ वर्षीय खेमराज बुढाथोकी र २८ वर्षीय थमन चलाउने घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेको सल्यान अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गाडीको टायर मर्मत गर्ने क्रममा बस दुर्घटना भएको र सडकदेखि ५० मिटर तल खसेको छ ।