२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबारे ट्रम्प र सीबीच टेलिफोन वार्ता



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच टेलीफोन वार्ता गरेका छन् । राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको महामारीबारे शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसंग टेलिफोन वार्ता गरेको जानकारी दिएका छन् ।

‘चीनले यस महामारीबारे धेरै भोगेको छ र यस भाइरसबारे धेरै जानकारी प्राप्त गरेको छ,’ ट्वीटरमा लेख्दै ट्रम्पले भनेका छन्, ‘हामी निकै नजिक रहेर काम गरिरहेका छौँ ।’

चीनको राष्ट्रिय टेलिभिजनले पनि दुई राष्ट्र प्रमुखबीच टेलिफोन वार्ता भएको जनाए पनि छलफलको बारेमा विस्तृत जानकारी दिएको छैन ।

यतिबेला अमेरिकामा कोरोनाभाइरसको महामहामारीबाट २४ हजारबढीले ज्यान गुमाइसकेका छन् ।