१२ असार २०८३, शुक्रबार
,
Latest
ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवस्था बुझ्न राज्यमन्त्री मानन्धर सडकमा



अ+ अ-

काठमाडौं । कोरोना भाइरसबाट बच्न जारी गरिएको लकडाउनमा काठमाडौँका सडकको अवस्था बुझ्न शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर स्थलगत अवलोकनमा निस्कनुभएको छ ।

सरकारले उपत्यकाका खाल्डाखुल्डी पुर्ने र कालोपत्र गर्ने कामलाई तीव्रता दिएसँगै पछिल्लो अवस्थाबारे राज्यमन्त्री मानन्धरले पैदलबाट अनुगमन गर्नुभएको हो । शुक्रबार बिहान राज्यमन्त्री मानन्धरले बालाजु चोकदेखि सोह्रखुट्टेसम्म कालोपत्र गरिएको सडकको अनुगमन गर्नुभयो । उहाँले बालाजु नयाँबजारस्थित विष्णुमती करिडोरको लिङ्क रोडमा गर्न लागिएको कालोपत्रका बारेमा पनि अवलोकन गर्नुभयो । सडक कालोपत्र र रेखाङ्कनको अवस्थाबारे अनुगमन गर्दै मानन्धरले बालाजु क्षेत्रमा हुने जाम घटाउनका लागि बालाजु पुलको तलबाट अण्डरपास निर्माण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले काठमाडौं उपत्यकामा कालोपत्र गरिएका र हुन लागेका सबै स्थानको अवलोकन तथा निरीक्षण गरिने बताउँदै ठेकेदारले गुणस्तर कायम नगरिएको पाइए कारवाही हुने स्पष्ट गर्नुभयो ।

यस्तै उहाँले काठमाडौँको सवारी चापको व्यवस्थापनका लागि उपत्यकाका नदी किनारका करिडोर सडकको खाली स्थान पहिचान गरेर पार्किङ व्यवस्थापन थालिने बताउँदै ट्राफिक प्रहरी महाशाखासँग समन्वय भइरहेको पनि बताउनुभयो ।