२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच तारे होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द



अ+ अ-

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा होटल परिसरमा तोडफोड भएपछि हायात रिजेन्सी होटल बन्द भएको छ । होटलले जेन–जी आन्दोलनका क्रममा होटलमा तोडफोड भएको र अराजक गतिविधि भएपछि आफ्नो सेवा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको हो ।

हायात रिजेन्सी होटलका मानव संसाधन निर्देशक मोहम्मद यूसुफ यामिनले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएको क्षति र सुरक्षाजन्य संवेदनशीलताका कारण होटल तत्काल सञ्चालन गर्न नसकिने जानकारी दिएका हुन् ।

होटल व्यवस्थापनका अनुसार मर्मत तथा पुनर्निर्माणको काम सकिएपछि मात्र पुन: सञ्चालनबारे निर्णय हुनेछ । सुरक्षा कारणले सम्पूर्ण श्रमिकलाई पनि अर्को सूचना नआएसम्म होटल परिसरमा उपस्थित नहुन आग्रह गरिएको छ ।

हायात रेजेन्सीले जारी गरेको सूचना अनुसार तोडफोड र अराजक क्रियाकलापका कारण होटलका व्यवसायिक गतिविधि पूर्ण रूपमा प्रभावित भएका छन् ।