२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगे दाहाल



अ+ अ-

काठमाडौँ । प्रधमानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अबस्था बुझ्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल अस्पताल पुगेका छन् । बिहिबार राती प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अप्ठेरो महसुश भएको भएपछि अस्पताल भर्ना भएका हुन् ।

शुक्रबार बिहान साढे १० बजे अस्पताल पुगेका दाहालले प्रधानमन्त्री ओलीसंग करिब आधा घण्टा कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ। भेटमा उनीहरुबीच कोरोना संक्रमणको त्रासमा देश लकडाउन भएपछिको अवस्था र यतिखेर पार्टी र सरकारले खेल्न सक्ने प्रभावकारी भूमिकाका बारेमा कुराकानी भएको स्रोतको भनाइ छ।

अस्पताल भर्ना भएका ओलीको स्वास्थ्यस्थिति अहिले सुधार भएको र भरे साँझसम्म उनको डिस्चार्ज हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।