२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राष्ट्रपति सिले अमेरिकी राष्ट्रपति ट्रम्पलाई फोन गरेर के भने ?



अ+ अ-


काठमाडौँ । चिनियाँ राष्ट्रपति सि चिनफिङले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरेका छन् । उनले हाल विश्वव्यापी महामारीका रुपमा देखिएको कारोना भााइरसको विषयमा आज फोन गरेका हुन् ।

चिनियाँ मिडियाले दिएको समाचारअनुसार चिनियाँ राष्टपति सिले ट्रम्पलाई फोन गरी हालको प्राणघातक कोरोना भााइरसका विरुद्ध एक भएर लड्न आग्रह गरेका थिए ।

चिनियाँ राष्ट्रपति सिले आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरेर सो प्रस्ताव राखेको बताइएको छ । चिनियाँ सरकारी मिडियाले आज सो विषयमा जानकारी गराएका हुन् । चीन र अमेरिका पछिल्लो समयमा कोरोनाबाट बढी प्रभावित भएका छन् । तर चीनमा भने यो भाइरसको सङ्क्रमण नियन्त्रणमा आइसकेको बताइएको छ ।

चीनको वुहानबाट निस्किएको यो भाइरसबाट हाल संसारका करिब पाँच लाख मानिस सङ्क्रमित भइसकेका छन् । साथै यसबाट २४ हजार भन्दा बढी नागरिकको ज्यान गइसकेको छ ।
चिनियाँ राष्ट्रिय प्रसारण सिसिटिभीले जनाएअनुसार चिनियाँ राष्ट्रपति सिले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना भाइरससम्बन्धी सूचनाहरु आदानप्रदान गर्ने र आगामी दिनमा यसका विरुद्धमा मिलेर लड्ने प्रस्ताव गरेको बुझिएको छ ।

यसैबीच आजमात्र प्राप्त समाचारमा चीनमा भन्दा बढी सङ्क्रमित व्यक्ति अमेरिकामा भेटिएका छन् । अमेरिकामा हाल ८५ हजारभन्दा बढी व्यक्ति भेटिएका छन् भने त्यहाँ एक हजार भन्दा बढीको ज्यान गइसकेको छ ।