२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसबाट इटलीमा एकैदिन ९ सय १९ जनाको मृत्यु



अ+ अ-

काठमाडौैं । विश्वभरी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट इटलीमा एकैदिन ९ सय १९ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा मृतकको संख्या ९ हजार १ सय ३४ पुगेको छ ।

वर्ल्डोमिटरका अनुसार यहाँ ५ हजार ९ सय ९ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ ।

उता अमेरिकामा संक्रमितको रेकर्डस्तरको वृद्धि भएको छ । १७ हजार २९ जना नयाँ संक्रमित देखिएपछि यहाँ कूल संक्रमितको संख्या १ लाख २ हजार ४ सय ६४ पुगेको छ ।

साथै यहाँ एकैदिन ३ सय १२ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १ हजार २ सय ७ पुगेको छ ।

अमेरिका कोरोना भाइरसको नयाँ ‘इपिसेन्टर’ बन्ने खतरा भएको विभिन्न विज्ञले चेतावनी दिँदै आएका छन् ।