१२ असार २०८३, शुक्रबार
,
Latest
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसबाट अमेरिकामा एकैदिन ४ सय जनाको मृत्यु



अ+ अ-

काठमाडौं । अमेरिकामा शुक्रबार एकैदिन कोरोनाबाट ४ सय जनाको मृत्यु भएको छ भने १८ हजार नयाँ संक्रमित भेटिएका छन् । वर्ल्ड ओमिटरकाअनुसार यससँगै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ६९५ पुगेको छ ।

अमेरिकाले कोभिड–१९को असर अर्थतन्त्रमा न्यूनीकरण गर्न २० खर्ब अमेरिकी डलरको आर्थिक प्रोत्साहन प्याकेज ल्याइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा यो भाइरस इस्टर (अप्रिल १२) सम्म मात्र रहने दाबी गरिरहेको अवस्थामा यो महामारी उल्लेख्य मात्रामा बढेको हो । बिहीबार राति ट्रम्पले भाइरस नियन्त्रणको विषयमा चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन वार्ता गरी सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।

अहिलेसम्म कोभिड–१९ बाट विश्वभर संक्रमित हुनेको संख्या ५ लाख ९६ हजार नाघिसकेको छ । यो भाइरसबाट ज्यान गुमाउनेको संख्या पनि २७ हजार नाघिसकेको छ । यससँगै अमेरीकामा संक्रमितको संख्या १ लाख ४ हजार नाघेको छ ।