१२ असार २०८३, शुक्रबार
,
Latest
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोन गर्नुहोस् ,खाद्यन्न र तरकारी घरमै आउँछ



अ+ अ-

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीलाई दैनिक अत्यावश्यक वस्तुको अभाव हुन नदिन घुम्ति खाद्यन्न तथा तरकारी सेवा शुरुआत गरेको छ ।

कोभिड –१९ को सम्भावित जोखिम आउन नदिन लकडाउन भएपछि उपमहानगरपालिकाले घर घरमा नै सो आज विहानदेखि शुरुआत गरेको उपप्रमुख उमा थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार तरकारी र खाद्यान्न सेवाका लागि छुट्टा छुट्टै सेवा प्रदायकलाई जिम्मा दिइएको छ । उपभोक्ताले विहान माग गरेपछि साँझ उपभोग्य वस्तु घरमै उपलब्ध हुनेछ ।

सेवा प्रवाह गर्दा सेवा प्रदायकले मूल्यसुचि अनिवार्य रुपमा टाँस गर्ने, भीडभाड नहुने गरी सेवा सञ्चालन गर्ने, आवश्यकता भन्दा बढि सामग्री खरिद गर्न नदिने, सुपथ मूल्यमा सामग्री उपलब्ध गराउने र आम नागरिकलै घरमा बसेर कोरोना भाईरस विरुद्ध सहयोग गर्नुपर्ने शर्त रहेको उपप्रमुख थापामगरले बताउनुभयो ।

उपमहानगरपालिकाले सेवा लिन सेवाप्रदायक संस्थाको सम्पर्क नम्बर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

होटलमा क्वारेन्टाइन : नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा सञ्चालित अस्थायी निगरानी कक्ष क्वारेन्टाइनमा रहेका १० जनालाई सुविधा सम्पन्न होटलमा सारिएको छ । उपमहानगरपालिकाले सो क्याम्पसको हाताभित्र सञ्चालन गरेको अस्थायी क्वारेन्टाइन अव्यवस्थित भएपछि होटल सामथ्र्य ईनमा सारिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका संयोजक रामबहादुर चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार होटलमा हरेकलाई छुट्टाछुट्टै कोठमा राखिने व्यवस्था गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)का सम्भावित जोखिममा रहेकालाई सुरक्षित रुपमा निगरानी गर्न क्वारेन्टाइन सफा, वातावरणमैत्री र सम्पूर्ण सुविधायुक्त हुनुपर्ने भएकोले तत्काललाई होटलमा सारिएको जनाइएको छ ।

बाँकेको खजुरा गाउँपालिकाले वडा नं. १ राधापुरस्थित मैटहवा माध्यमिक विद्यालयमा सञ्चालन गरेको क्वारेन्टाइनमा १ महिलासहित २८ जनालाई राखिएको छ । त्यहाँरहनेलाई खाना तथा इन्टरनेट व्यवस्था सहित सुविधा सम्पन्न बनाइएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।