२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए

गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए
file photo
अ अ+ अ-

गलकोट, (बागलुङ) । गण्डकी प्रदेशमा सवारी साधन चोरी भएका सवारी सङ्ख्याको तुलनामा कमै मात्र भटिएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा चारपाङ्ग्रे दुई वटा सवारीसाधन चोरी भएको थियो भने दुई पाङ्ग्रे ६५ वटा चोरी भएको थियो ।

हराएका या चोरी भएका कूल ६५ सवारी साधनमध्ये १७ वटा हालसम्म फेला परेका छन् । हराएका मध्ये १ चार पाङ्ग्रे र १६ दुई पाङ्ग्रे गरी १७ वटा सवारी साधन मात्र फेला परेको हो । ४८ वटा सवारी साधन अझै खोजतलासको क्रममा रहेका छन् ।

चालु आर्थिक वर्षमा हालसम्म २ वटा सवारी चोरी भएको उजुरी दर्ता भएको छ । तर एउटा पनि फेला परेको छैन । पार्कीङमा राखिएको समयमा, रातको समयमा घरबाटै सवारी साधान चोरी हुने सङ्ख्या बढ्दो छ । विसं २०८१ माघ ११ गते कुश्मा नगरपालिका ५ पर्वतका सुजन खत्रीको मोटरसाइकल बागलुङ नगरपालिका ३ गुठीको एक घरमा पार्किङ गरिएको स्थानबाट चोरी भएको थियो । सुजनले जिल्ला प्रहरी कार्यालय बागलुङमा मोटरसाइकल चोरी भएको भन्दै खोजतलासका लागि उजुरी दिएको भए पनि हालसम्म भेटिएको छैन ।

त्यसैगरी बागलुङकै साजन आचार्यको मोटरसाइकल बागलुङ कालिका मन्दिरको पार्कीङ स्थलबाटै मोटरसाइकल चोरी भयो । नवदुर्गाको समयममा कालिका मन्दिरमा पुजा गर्न पुगेका आचार्यको मोटरसाइकल चोरी हुँदै गरेको दृष्य सिसिटिभी क्यामेरामा कैद भएको छ । साजनले जिल्ला प्रहरी कार्यालय बागलुङमा मोटरसाइकल चोरी भएको भन्दै सिसीटिभी फुटेज सहित उजुरी दिएका छन् । तर, हालसम्म मोटरसाइकल भेट्टिएको छैन ।

गण्डकी प्रदेशको सबैभन्दा धेरै कास्कीबाट सवारी साधन हराएका छन् । त्यसपछि नवलपुर र त्यसपछि सवारी हराउनेको शीर्ष स्थानमा बागलुङ रहेको छ । गत आर्थिक वर्षमा कास्कीमा १ चारपाङ्ग्रे र ४१ वटा दुइपाङ्ग्रे सवारी हराएको उजुरी परेको थियो । त्यसमध्ये १ चारपाङ्ग्रे र १४ वटा दुइपाङ्ग्रे गरी १५ वटा फेला परे । २७ वटा दुइपाङ्ग्रे सवारी अहिले पनि हराएको सूचिमा छन् । चालु आर्थिक वर्षमा कास्कीमा हालसम्म सवारी चोरी भएको वा हराएको उजुरी परेको छैन ।

फेला परेका सवारी साधन प्रहरीले सवारी धनीलाई हस्तान्तरण गरेको छ । त्यसैगरी नवलपुरबाट १६ वटा दुइपाङ्ग्रे सवारी चोरी भएको भन्दै खोजी गरिदिन निवेदन परेको थियो । जसमध्ये हालसम्म एउटा पनि फेला परेको छैन् । यो आर्थिक वर्षमा नवलपुरबाट एउटा दुइपाङ्ग्रे सवारी हराएको उजुरी परेको छ ।

गत आर्थिक वर्षमा बागलुङबाट १ चारपाङ्ग्रे र ३ दुइपाङ्ग्रे सवारी हराएको निवेदन परेको थियो । जसमध्ये १ चारपाङ्ग्रे र १ दुइपाङ्ग्रे सवारी फेला पारेर प्रहरीले सवारी धनीलाई हस्तान्तरण गरेको छ । चालु आर्थिक वर्षमा हराएको १ गरि ३ वटा दुइपाङग्रे सवारी अहिले पनि हराएको सूचिमा छन् । त्यसैगरी गत आर्थिक वर्षमा तनहुँमा २ वटा दुइपाङ्ग्रे सवारी हराएको निवेदन प्रहरीमा परेको थियो । अहिलेसम्म दुवै हराएको सूचीमा छन् । गत आर्थिक वर्षमा म्याग्दीमा पनि एउटा २ पाङ्ग्रे सवारी हराएको थियो । हालसम्म भेट्टिएको छैन ।

हराएको सवारीको तुलनामा भेट्टिनको सङ्ख्या न्यून रहे जस्तै सवारी साधन चोर्ने व्यक्ति पनि भेटिएका छैनन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार भेट्टिएका सवारी व्यवारिसे अवस्थामा फेला परेका थिए । अघिल्लो आर्थिक वर्षमा बागलुङबाट हराएका १ चारपाङ्ग्रे र १ दुइपाङ्ग्रे सवारी फेला परे पनि सवारी चोरी गर्ने व्यक्ति हालसम्म फेला परेको छैन । सवारी साधन हराएको वा चोरी भएको जानकारी प्राप्त भएपछि संवेदनशिल भएर सवारीसँगै चोरी गर्ने व्यक्तिको खोजी गर्ने गरेको उहाँले बताउनुभयो । रासस