२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम : यस्तो छ पूर्वानुमान



अ+ अ-

काठमाडौं । पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त न्यूनचापीय प्रणाली आजदेखि बाहिरिने क्रम शुरु भएकाले मौसम सुधार हुँदै जाने मौसमविद् गङगा नगरकोटीले बताउनुभयो । प्रिमनसुनको समय भएकाले पहाडी भू–भागको मौसम अपराह्न तथा साँझपख परिवर्तन भइरहन्छ । उहाँका अनुसार प्रिमनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने अपराह्न वा साँझपख मेघगर्जन चट्याङसहित क्षणिक वर्षा हुने हुन्छ । तत्काल भारी वर्षाको सम्भावना नरहेको बताइएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिम र मध्य भूभागका केही स्थानमा हल्का वर्षा भएको जनाएको छ । भोलि देशको पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सफा रहने बताएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ न्यूनतम तापक्रम १४ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।