१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसको जोखिम महिला या पुरुष कसलाई बढी ? यस्तो छ तथ्य



अ+ अ-

काठमाडौं । चीनको वुहानबाट निस्किएको कोरोना भाइरस (कोभिड–१९)को महामारी अहिले समग्र विश्वभर फैलिएको छ । यो भाइरसका कारण अहिलेसम्म २६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

सबैभन्दा पहिले कोरोना देखिएको चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले भने महिलाभन्दा पुरुषमा कोरोना भाइरसको जोखिम बढी रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदनअनुसार कोरोना भाइरसको जोखिम महिलाको तुलनामा पुरुषलाई निकै बढी हुनेगर्छ । भाइरसको संक्रमण सबैभन्दा बढी पुरुषमा देखिएको छ । मृत्यु हुनेको संख्या पनि महिलाको तुलनामा पुरुष नै धेरै छन् ।

वैज्ञानिकहरुले इटाली, चीन, फ्रान्स, जर्मनी, इरान र दक्षिण कोरियाका ८८ हजार संक्रमितमा अध्ययन गरेको थियो, जसमध्ये २ दशमलव ८ प्रतिशत पुरुष र १ दशमलव ७ प्रतिशत महिलाको ज्यान गएको थियो । बालबालिकामा भने मृत्युदर शून्य दशमलव २ प्रतिशत थियो ।

इटालीको नेशनल हेल्थ इन्स्टिच्युटकाअनुसार मुलुकमा समग्र संक्रमितमध्ये ६० प्रतिशत संक्रमित पुरुष छन् । संख्याको हिसाबमा मृत्यु हुनेमध्ये ७० प्रतिशतभन्दा बढी पुरुष छन् ।

दक्षिण कोरियामा पनि अवस्था भिन्न छैन । त्यहाँ कोरोना भाइरसका कारण मृत्यु हुनेमध्ये ५४ प्रतिशत पुरुष छन् । चीनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकामध्ये ६८ प्रतिशत पुरुष छन् । इरानमा पनि संक्रमित बिरामीमा ६४ प्रतिशत पुरुष छन् ।

महिलामा रोग प्रतिरोधात्मक क्षमता बढी – विशेषज्ञ

अमेरिकास्थित ह्वाइट हाउसको कोरोना भाइरस ‘रेस्पोन्स कोर्डिनेटर डाक्टर डेब्रोह ब्रिक्स यो भाइरसको संक्रमणको असर सबै लिंग र उमेर समूहका मानिसमा हुने बताउँछन् । तर, जुन मानिसमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ।

उनीहरुलाई बढी असर गर्ने गरेको देखिन्छ । महिला तथा बालबालिकाको तुलनामा पुरुष बढी धुम्रपान र मदिरा सेवन गर्ने भएकोले पनि यस्तो भएको हुनसक्ने उनी बताउँछन् । त्यही कारण उनीहरुको रोग प्रतिरोधात्मक क्षमतामा पनि कमी आउँछ ।

चीनको रोग नियन्त्रण केन्द्रका निर्देशक जर्ज एफ गाओले ५२ प्रतिशत पुरुष र केवल १२ प्रतिशत महिलाले धुम्रपान गर्ने गरेको उल्लेख गरे । धुम्रपानले फोक्सोमा असर पार्छ ।

यूनिभर्सिटी अफ इस्ट एंगलियाका प्राध्यापक पाउल हन्टर भने महिलामा आन्तरिक हिसाबमा पुरुषभन्दा फरक किसिमको प्रतिरक्षा प्रणाली हुने बताउँछन् । महिलामा अटो–इम्युन डिजिज ९प्रतिरक्षा तन्त्र अति सक्रिय हुनाले देखिने रोग०को जोखिम बढी हुन्छ ।

वृद्ध मानिसलाई धेरै खतरा

चिनियाँ प्रतिवेदनअनुसार कोरोना भाइरसको सबैभन्दा धेरै खतरा वृद्ध मानिसमा देखिएको छ । विशेषगरी पहिलै मुटुको रोग र अत्यधिक रक्तचाप भएका मानिसमा यसको असर बढी हुने गरेको छ ।

फेब्रुअरीको मध्यसम्म देखिएका ४४ हजार ७०० संक्रमितमा ८० प्रतिशतभन्दा बढी ६० वर्ष कटेका मानिसहरु थिए । आधा मानिसको उमेर ७० वर्ष कटेको थियो । ८० वर्ष नाघेका १५ प्रतिशत बिरामीको कोरोना भाइरसको कारण ज्यान गएको थियो ।

इटालीमा ७० लाख मानिस धुम्रपान गर्छन्

चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रकाअनुसार चीनमा करिब ३६ करोड मानिस धुम्रपान गर्छन् । ५० प्रतिशतभन्दा बढी पुरुष कुनै न कुनै कुलतमा फसेका छन् । जबकी केवल तीन प्रतिशत महिला मात्र त्यस्तो कुलतमा फसेका छन् ।

इटालीको नेशनल हेल्थ इन्स्टिच्युटकाअनुसार इटालीमा करिब ७० लाख पुरुष धुम्रपान गर्छन् भने महिलाको संख्या करिब ४० लाख छ । इन्स्टिच्युटकाअनुसार अस्पतालमा भर्ना भएका संक्रमितमध्ये एकतिहाईले धुम्रपान गर्छन् र उनीहरुको अवस्था अपेक्षा गरिएभन्दा गम्भीर छ । उनीहरुको उपचारमा धेरै भेन्टिलेटरको आवश्यकता पर्छ । एजेन्सीको सहयोगमा