२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एयरलायन्सको विमान दुर्घटना



अ+ अ-

बाँके । नेपाल एयरलायन्सको विमान दुर्घटनामा परेको छ। शनिबार बिहान नेपालगञ्जको राझा विमानस्थलको धावनमार्गबाट चिप्लिएको हो।

शनिबार काठमाडौंबाट गएको जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले विमान अवतरणको क्रममा जहाज धावनमार्गभन्दा बाहिर गएको र जहाजमा कुनै क्षति भएको नभएको बताए।

उनका अनुसार जहाजको प्राविधिक परीक्षणपछि उड्ने/नउड्ने निश्चित हुन्छ। उक्त जहाज टेष्टिङको लागि नमूना लिन गएको थियो।