१२ असार २०८३, शुक्रबार
,
Latest
बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडिकल सामान लिन चीन उड्यो जहाज, आजै राती नेपाल आइपुग्ने



अ+ अ-

काठमाडौं । नेपाल वायु सेवा निगमको जहाज चीन उडेको छ। कोरोना भाइरसको परीक्षण र उपचारमा चाहिने मेडिकल सामग्री ल्याउन नेपाल एयरलाईन्सको RA4171 जहाज चीन उडेको हो ।

शनिबार दिउँसो साढे १२ बजे जहाज ग्वान्जाओ उडेको निगमका अपरेसन डाइरेक्टर दीपु जोहार्चनले जानकारी दिए। जहाजमा चालक दलका सदस्य र प्राविधिकसहित १० जनाको टोली गएको छ।

ग्वान्जाओमा नेपालले किनेर राखेका सामान बोकेर जहाज आजै राती १ बजे काठमाडौं विमानस्थलमा आइपुग्ने छ।