२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धमिलो पानीमा जाल थाप्नेहरु सक्रिय भए– मन्त्री भट्टराई



अ+ अ-

काठमाडौं । सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले कहिले को माथि त कहिले को माथि आक्रमण गर्ने गिरोहले अहिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाल माथि आक्रमण शुरु गरेको भन्दै प्रतिबादमा उत्रनु भएको छ । फेसबुकमा लामो स्टाटस लेख्दै मन्त्री भट्टराईले उनीहरुको नियत र स्वार्थ सबैले बुझ्नु पर्ने उल्लेख गर्दे सबै तोकिएका जिम्मेवारी पुरा गर्दै स्वास्थ्य मन्त्रीको अगुवाईमा स्वास्थ्य मन्त्रालयले अघि सरेका नीति तथा कार्ययोजना सफल पार्न प्रतिबद्ध रहेको स्पष्ट पानर्नुभएको छ ।

मन्त्री भट्टराईले विश्वकै लागि अस्वभाबिक र अप्रत्यासित रहेको यस बिषम अबस्थामा धमिलो पानीमा जाल थाप्नेहरु सक्रिय भएको टिप्पणी गर्नुभएको छ । स्वास्थ्य क्षेत्र अत्यन्तै बलियो भएका र सबै हिसाबले सम्पन्न राष्ट्रलाई समेत हम्मे हम्मे परिरहेको अबस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कर्मचारी र निजी क्षेत्रबाट आफुलाई जोखिममा राखेर पनि अहोरात्र खटीरहनु भएको स्मरण गर्दे यस बिषयमा क्रियाशिल रहनु भएका सबैको हौसलाका लागि सरकारले बिभिन्न प्याकेज घोषणा गरेको उल्लेख गर्नुभएको छ ।

मन्त्री भट्टराईले धमिलो पानीमा जाल थाप्नेहरु उनीहरुलाई भड्काउन कोशिस गरिरहेको उल्लेख गर्दै सबै होसियार हुनु पर्ने र आफ्नो जिम्मेवारी छोड्नु नहुने उल्लेख गर्नुभएको छ ।

एउटा बिकाशोन्मुख र सार्वजनिक तथा निजी क्षेत्रको क्षमता सानो आकार र दायरामा रहेको हाम्रो जस्तो मुलुकका लागि झनै गम्भीर अवस्था रहेको भन्दै उहाले प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा उपप्रधान मन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको उच्च स्तरीय समितिले राज्यका तिनै तह, सरकारी तथा गैर सरकारी र निजी क्षेत्र अनी अन्तरास्ट्रिय समुदायसँग समेत समन्वयमा हरसम्भब उपायकासाथ काम गरिरहेको स्पष्ट पार्नुभएको छ ।

उहाले परिस्थिती अत्यन्तै जटील रहेको र ईमर्जेशी शैलीमा काम गर्नु परेकाले केही गल्तीर कमजोरी हुनसक्ने भएपनि त्यसलाई आत्मासात गर्दै सच्याउदै अघि बढ्न सबै प्रतिबद्ध रहेको जनाउनु भएको छ । उहाले हाम्रो ईतिहास, हाम्रो राजनीति र जनादेशले हामीलाई भागेर होईन बरु सामना गरेर अघि बढ्न र सफल हुन सिकाएको भन्र्दै सरकार ठिक बाटोमा रहेको जनाउनु भएको छ ।

यस्तो अवस्थामा स्वार्थी राजनीतिका घिनौला सुंड यत्र तत्र घुसार्ने कोशिस गरेको प्रति रोष ब्यक्त गर्दे त्यसलाई कामबाटै जवाफ दिइने दाबी गर्नुभएको छ । जसलाई जनस्तरबाटै भण्डाफोर हुने मन्त्री भट्टराईको अपेक्षा छ । उपकरण तथा औषधीको आपुर्ती र बितरणमा स्वास्थ्य मन्त्रीको अगुवाईमा सरकारी तथा निजी क्षेत्रका सबै निकायहरुले गम्भीरतापुर्बक काम गरिरहेको अवस्था भन्दै अब यसमा छिट्टै सहजता आउने जनाउनु भएको छ ।

मन्त्री भट्टराईले आज सिगो राष्ट्र र मानवजाति सभ्यताको रक्षाका लागि एक छ र एक रहने छ भन्दै मन्त्री भट्टराईले सबैलाई एकढिक्का भएर सहयाग गर्नु आग्रह गर्नुभएको छ ।