२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामान लिन चीन गएको विमान आज नफर्किने, चलखेलको आशंका



अ+ अ-


काठमाडौँ । पिपिइलगायतका कोरोना भाइरसको उपचारसँग सम्बन्धित सामग्री लिन आज चीन पुगेको नेपाल एयरलाइन्सको जहाज आज नफर्किने भएको छ । चिनियाँ विशेष समाचार स्रोतले जनाएअनुसार सामान तयार नभएको भन्ने कारण देखाएर सो जहाज आजै नेपाल नफर्किने भएको छ ।
पूर्व निर्धारित समयअनुसार सो विमान आजै राति १ बजे फर्किने भनिएको थियो । तर पनि सो विमान आज नआउने भएको सो समाचार स्रोतले जनाएको छ ।
स्रोतले भन्यो– सामग्री तयार नभएको भनेर आज विमान नफर्किने भनिएको छ, तर यस विषयमा सामान खरिदबारे नेपाली पक्षको अर्थात नेपाल सरकारको तयारी पूर्ण रुपमा नभएको देखिएको छ ।
समाचार स्रोतले ती औषधीय सामग्रीको खरिदमा चलखेलको पनि आशंका गरिएको बतायो । विमान आज किन नफर्किने भएको हो भन्ने यकिन तथ्यको बारेमा थप पुष्टि हुन सकेको छैन । तर आजै राति १ बजेसम्ममा फर्किने भनेको विमान नफर्किने भने निश्चित भएको बताइएको छ ।