२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आखिर सानो साबधानीले कोरोना भाग्छ सुन



अ+ अ-

– विदुरचन्द्र लामिछाने

स्वाप्रश्वासंग सम्वन्धित रैछ यो कोरोना रोग
हजारौकौ ज्यान लिई सबलाई पारयो सोक
शक्तिशाली देशै पनि आच्छु आच्छु भा छन्
एकै दिनमा सयौ मर्दा अत्तालिई राछन

यसलाई रोकथाम गर्न बिश्वै लक डाउन भाछ
जनता र अर्थतन्त्र डावाँडोल भा छ
ठूलो सानो भेदभाव कसैले राख्न हुन्न
आखिर महाशक्ति पनि भएका छन खिन्न

बैज्ञानिक भन्नेहरू चकित परेका छन
अहोरात्र खटिदानी बिफल भै राछन
खोप कहिले आउला भनि बिश्व पर्खिराछ
कोरोनाको नियन्त्रणामा बिश्व एकजुट भाछ ।

सावधानी सबैभन्दा ठूलो अचुक रैछ
भिडभाडबाट जोगिनुनै ठूलो मुलो रैछ
नियमित हात धुंदा कोरोना हुन्छ दोलो
सामाजिक दुरी कायम गरे सब्लाई हुन्छ भलो

महामरी नियन्त्रणमा सबले कम्मर कसौ
जतिसुकै दु:ख भएपनि घरभित्रै बसौ
सबैलाई बिन्ती छ है संयमित हुन
आखिर सानो साबधानीले कोरोना भाग्छ सुन ।