४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

कामना बिष्टको धमाकेदार प्रदर्शन: लगातार तीन खेलमा उत्कृष्ट

कामना बिष्टको धमाकेदार प्रदर्शन: लगातार तीन खेलमा उत्कृष्ट
अ+ अ-

काठमाडौँ। नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै चम्किएकी छिन्।

अक्टोबर १३ देखि ३० तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा उनी माल्दिभ्सकै नैफारू चेल्सी स्पोर्ट्स क्लबबाट प्रतिस्पर्धा गरिरहेकी छन्।

पहिलो खेलमा नैफारूले २५-१२, २५-०२ र २५-२१ को सोझो सेटमा ३-० को जित निकाल्दै प्रतियोगिताको दमदार सुरुवात गरेको थियो।
दोस्रो खेलमा भने टिमले निकै मिहिनेत गर्दै २५-२१, २२-२५, २५-२२ र २५-१० को सेट स्कोरसहित ३-१ को जीत दर्ता गर्‍यो।

तेस्रो खेल अझ रोचक रह्यो — किनभने यो खेल दुई नेपाली खेलाडीहरूबीचको भिडन्त थियो। कामनाको नैफारू क्लब र उषा भण्डारीको टिम आमनेसामने हुँदा रोमाञ्चक पाँच सेटसम्म खेल लम्बिएको थियो। तीव्र प्रतिस्पर्धामा कामनाको टिमले २१-२५, २५-२१, ०७-२५, २५-१३ र १५-१३ को नतिजासहित ३-२ को जित हात पार्‍यो।

कामनाले तीनै खेलमा ‘प्लेयर अफ द म्याच’को उपाधि जित्दै आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएकी छन्। उनको उत्कृष्ट स्पाइक, बलियो ब्लक र खेलप्रतिको समर्पणले टिमलाई लगातार जिततर्फ डोरेको छ।

हालसम्म नैफारूले तीनै खेलमा जित दर्ता गर्दै सेमिफाइनल यात्राको ढोका लगभग खोलेको छ।अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीको यस्तो निरन्तर प्रदर्शनले नेपाली भलिबलको स्तर र गौरवलाई थप उच्च बनाएको छ।

कामना बिष्टको यो उपलब्धि केवल व्यक्तिगत सफलता होइन, नेपाली महिला भलिबलको इतिहासमा अर्को प्रेरणादायी अध्याय बनेको छ।