२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल संवत राष्ट्रकै मौलिक संवत्: प्रधानमन्त्री कार्की



प्रधानमन्त्री सुशिला कार्की राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको आयोजनामा नेपाल सम्वत् ११४६ को नयाँ वर्षको दिन बुधबार भक्तपुरकाे मध्यपुर थिमि शंखधर चोकस्थित नेपाल सम्वतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण समाराेहमा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिर: रत्न श्रेष्ठ / रासस
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत कान्तिपुर र भादगाउँमा उत्पत्ति भए पनि राष्ट्रकै मौलिक संवत् भएको बताउनु भएको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वा: प्रतिष्ठान, मध्यपुर थिमिद्वारा आयोजित शंखधर साख्वा:को प्रतिमामा माल्यार्पण तथा सम्मान समारोहमा प्रधानमन्त्री कार्कीले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो -शंखधर साख्वा काठमाडौँको मरुसत्तल इलाकाका एक कुशल व्यापारी हुनुहुन्थ्यो। तर उहाँको परिचय नाफा कमाउने व्यापारीमा मात्र सीमित थिएन, एक महान् समाजसेवी र लोककल्याणकारी व्यक्तित्व हुनुहुन्थ्यो।

प्रधानमन्त्री कार्कीले -भन्नुभयो आजभन्दा ११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा उहाँले गरिबी र ऋणमा डुबेका नागरिकहरुको ऋणमोचन गरी ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिनुभयो। यो दिन नै नेपाल संवतको शुभारम्भको आधार हो।