२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल संवत राष्ट्रकै मौलिक संवत्: प्रधानमन्त्री कार्की



प्रधानमन्त्री सुशिला कार्की राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको आयोजनामा नेपाल सम्वत् ११४६ को नयाँ वर्षको दिन बुधबार भक्तपुरकाे मध्यपुर थिमि शंखधर चोकस्थित नेपाल सम्वतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण समाराेहमा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिर: रत्न श्रेष्ठ / रासस
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत कान्तिपुर र भादगाउँमा उत्पत्ति भए पनि राष्ट्रकै मौलिक संवत् भएको बताउनु भएको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वा: प्रतिष्ठान, मध्यपुर थिमिद्वारा आयोजित शंखधर साख्वा:को प्रतिमामा माल्यार्पण तथा सम्मान समारोहमा प्रधानमन्त्री कार्कीले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो -शंखधर साख्वा काठमाडौँको मरुसत्तल इलाकाका एक कुशल व्यापारी हुनुहुन्थ्यो। तर उहाँको परिचय नाफा कमाउने व्यापारीमा मात्र सीमित थिएन, एक महान् समाजसेवी र लोककल्याणकारी व्यक्तित्व हुनुहुन्थ्यो।

प्रधानमन्त्री कार्कीले -भन्नुभयो आजभन्दा ११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा उहाँले गरिबी र ऋणमा डुबेका नागरिकहरुको ऋणमोचन गरी ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिनुभयो। यो दिन नै नेपाल संवतको शुभारम्भको आधार हो।