२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानका पूर्वकप्तान मोहम्मद हफीजद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा



अ+ अ-

एजेन्सी । पाकिस्तानी अलराउन्डर तथा पूर्वकप्तान मोहम्मद हफीजले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । 

शारजाह रंगशालामा सन् २००३ अप्रिल ३ मा जिम्बाब्वेविरुद्ध डेब्यु गरेका हफीज एकदिवसीय बलिङतर्फ नम्बर एकमा समेत पुगेका थिए ।

पाकिस्तानलाई सन् २०१७ मा आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि दिलाएका हफीजले पाकिस्तानबाट ३९२ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । 

उनले १२, ७८० रन बनाएका छन् भने २५३ विकेट लिएका छन् । ३२ वटा खेलमा पाकिस्तानले उनको कप्तानीमा खेलेको छ । 

उनले सन् २००७, २०११ र २०१९ मा ओडीआई विश्वकप र २००७, २०१०, २०१२, २०१४, २०१६ र २०२१ मा ट्वान्टी-२० विश्वकप खेलेका छन् । त्यस्तै, हफीज २००६, २०१३ र २०१७ मा आईसीसी च्याम्पियन्स ट्रफीमा सहभागी भएका थिए ।

 




भर्खरै