• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई

पाकिस्तानका पूर्वकप्तान मोहम्मद हफीजद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा



एजेन्सी । पाकिस्तानी अलराउन्डर तथा पूर्वकप्तान मोहम्मद हफीजले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । 

शारजाह रंगशालामा सन् २००३ अप्रिल ३ मा जिम्बाब्वेविरुद्ध डेब्यु गरेका हफीज एकदिवसीय बलिङतर्फ नम्बर एकमा समेत पुगेका थिए ।

पाकिस्तानलाई सन् २०१७ मा आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि दिलाएका हफीजले पाकिस्तानबाट ३९२ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । 

उनले १२, ७८० रन बनाएका छन् भने २५३ विकेट लिएका छन् । ३२ वटा खेलमा पाकिस्तानले उनको कप्तानीमा खेलेको छ । 

उनले सन् २००७, २०११ र २०१९ मा ओडीआई विश्वकप र २००७, २०१०, २०१२, २०१४, २०१६ र २०२१ मा ट्वान्टी-२० विश्वकप खेलेका छन् । त्यस्तै, हफीज २००६, २०१३ र २०१७ मा आईसीसी च्याम्पियन्स ट्रफीमा सहभागी भएका थिए ।