१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्कीले आज सात दलसँग चुनावी संवाद गर्ने, को–को हुँदैछन् सहभागी ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज आगामी फागुन २१ गतेको चुनावका विषयमा विघटित प्रतिनिधि सभाका प्रमुख ७ राजनीतिक दलहरुसँग संवाद गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री कार्कीले सातै दललाई दुई दुई जना उच्चस्तरीय प्रतिनिधि आउन आग्रसहितको पत्र पठाउनुभएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बस्ने छ ।

निर्वाचन गराउने मुख्य कार्यभारसहित बनेको वर्तमान सरकारले राजनीतिक संवादको पहल गर्दै विघटित प्रतिनिधि सभाका राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई औपचारिक छलफलका लागि आमन्त्रण गरेको छ ।

निर्वाचन नजिकिँदै गर्दा पनि सरकारले वातावरण नबनाएको भन्दै दलहरु रुष्ट थिए । त्यही कारण सरकारले दलहरूसँगको संवादहिनता तोड्दै छलफलमा बोलाएको हो । चुनावमा नजाने बताइरहेको नेकपा एमालेसमेत सरकारले बोलाएको छलफलमा सहभागि हुने भएको छ ।

एमालेले प्रतिनिधि सभा पुनस्र्थापनालाई बटमलाइन बनाएको छ । तर प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा सहभागी हुने भएको हो ।

एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र प्रदीप ज्ञवाली छलफलमा सहभागी हुने बताइएको छ ।

नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा नै छलफलमा सहभागी हुँदै हुनुहुन्छ ।

नेकपा माओवादी केन्द्रले पनि सरकारले बोलाएको छलफलमा सहभागी हुने बताइसकेको छ । माओवादी केन्द्रले चुनावका लागि प्रधानमन्त्रीले छलफल गर्नु सकारात्मक भएको प्रतिक्रिया दिएको छ ।

रास्वपाबाट पार्टी उपसभापति स्वर्णिम वाग्ले छलफलमा सहभागी हुनुहुने छ । राप्रपा र जसपा नेपालबाट पनि छलफलमा सहभागी हुने निश्चित भइसकेको छ ।

जनमत पार्टीबाट चन्दन सिंह सहभागी हुनुहुने छ ।