४ पुष २०८२, शुक्रबार
,
Latest
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको उपचार गरिरहेकी डाक्टरलाई घर नछाडे बलात्कार गर्ने धम्की



अ+ अ-

काठमाडौं । भारतमा भुवनेश्वर एम्सकी एक महिला डाक्टरलाई घर खाली गर्न दबाब दिइएको छ । ती महिना डाक्टर कोरोना संक्रमितको उपचारमा खटिएकी छन् ।

उनलाई घर खाली नगराएमा बलात्कार गर्नेसम्मको धम्की घरमालिक र स्थानीयले दिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । उनी भुवनेश्वर एम्समा जुनियर डाक्टरका रूपमा काम गर्छिन् ।

यो घटनापछि स्थानीय प्रहरीमा उजुरी दर्ता भएपछि घटना बाहिर आएको हो । ती महिला डाक्टरले आफू बसेको स्थानमा आफूलाई घर छाड्न दबाब दिएको र एक व्यक्तिले १ सातादेखि दुःख दिइरहेको बताएकी छन् ।

केही दिनअघि उनलाई बलात्कार गर्नेसम्मको धम्की दिएपछि उनले प्रहरीको ढोका ढकढक्याएकी हुन् ।

उनले आफू केही वर्षदेखि नै सोही क्षेत्रमा बस्दै आएको बताएकी छन् । उनले आफू कोरोना संक्रमणबाट टाढा रहेको बताए पनि घरधनीले उनलाई घर छाड्न निरन्तर दबाब दिएका छन् ।