३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

विपीन जोशीको शवमा प्रधानमन्त्रीले राष्ट्रिय झण्डा ओढाउनुभयो–फोटोफिचर

विपीन जोशीको शवमा प्रधानमन्त्रीले राष्ट्रिय झण्डा ओढाउनुभयो–फोटोफिचर
अ+ अ-

काठमाडौँ । हमासको आक्रमणपछि बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर आज नेपाल ल्याइएको छ ।

जोशीको पार्थिव शरीर इजरायलबाट आज अपरान्ह २ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो । विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री सुशीला कार्कीले स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसंतप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो । प्रधानमन्त्री कार्कीले राष्ट्रिय झण्डा ओढाएर जोशीलाई सरकारी सम्मान पनि प्रदान गर्नुभयो ।

शोकसभामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओम प्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि इजरायली राजदूतलगायतका उच्च अधिकारीहरूको उपस्थितिमा श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

विदेश अध्ययनका क्रममा इजरायल पुगेका विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए । लामो समयसम्म उनको अवस्था अज्ञात रहँदै आएकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविरामपछि बन्दी साटासाट प्रक्रियाका क्रममा हमासले विपिनको शव इजरायली पक्षलाई हस्तान्तरण गरेको थियो । डीएनए परीक्षण र फरेन्सिक जाँचका आधारमा शव विपिनकै भएको पुष्टि भएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूले जनाएका छन् ।

नेपाल ल्याउनुअघि आइतबार तेल अवीवस्थित खटिभा ८ स्मारक र बेनगुरिएन विमानस्थलमा उनको पार्थिव शरीरप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । श्रद्धाञ्जलीका क्रममा उनको कफिनमा नेपाली झण्डा ओढाइएको थियो ।

विपिनको शव आजै कञ्चनपुरको भिमदत्तनगरस्थित घरमा लगिने र त्यहीँ अन्तिम दाहसंस्कार गरिने तयारी गरिएको छ ।