२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारमा विद्युत माग घट्नेः नियमित आपूर्तिका लागि प्राधिकरण तयार



अ+ अ-

काठमाडौँ । यस वर्षको तिहारमा विद्युतको माग घट्ने भएको छ ।

तिहारका बेला खासगरी औद्योगिक क्षेत्रहरू बन्द हुने भएकाले विद्युत माग घट्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालकाअनुसार पछिल्ला केही वर्ष यता तिहारका समयमा विद्युत् खपतमा घट्ने प्रवृत्ति देखिएको छ । उहाँकाअनुसार पहिलेका वर्षहरूमा तिहारका बेला घरायसी प्रयोग बढ्ने भएकाले विद्युत खपत पनि बढ्थ्यो । तर अहिले उद्योग, होटल, रेस्टुरेण्ट र अन्य व्यावसायिक क्षेत्रहरू पर्वका बेला बन्द हुने भएकाले समग्र माग घट्ने अनुमान प्राधिकरणको छ ।

यद्यपी  विद्युत मागअनुसार पर्याप्त उपलब्ध गराउने अवस्था रहेको सिलवालले बताउनु भयो । उहाँकाअनुसार पहिलेको जस्तो विद्युत प्रणाली कमजोर छैन । त्यसैले, तिहारका समयमा कुनै किसिमको अभाव नहुने विश्वास प्राधिकरणले लिएको छ ।

कार्यकारी निर्देशक सिलवालले भन्नुभयो– ‘अरू दिनको भन्दा तपाईंलाई अचम्म लाग्ला । पहिले तिहारमा बढ्थ्यो, अहिले तिहारमा  डिमाण्ड घट्छ । यसको कारण तिहारमा इण्डस्ट्रीहरू बन्द हुन्छन् । त्यसकारणले हो ।  होटेल र रेस्टुरेन्टहरू पनि चलपल हुँदैन । त्यसैले तिहारमा सामान्यतया माग घट्छ ।  पहिला इन्डस्ट्रीको कन्जम्सन अलि कम थियो, डोमेस्टिक कन्जम्सन बढी थियो । तिहारमा मान्छेले डोमेस्टिकमा त बढाउने, इण्डस्ट्री नहुने  । त्यसले गर्दा खपत बढी देखिन्थ्यो, पहिला । तीन÷चार वर्षयताको अवस्था हेर्ने हो भने, तिहारको बेलामा चाहिँ इन्डस्ट्री नचल्ने हुनाले खपत कम हुन्छ ।’ 

सिलवालकाअनुसार तिहार र छठजस्ता ठूला पर्वलाई लक्षित गर्दै नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिका सबै तयारी अगाडि बढाइसकेको  छ । नियमित विद्युत आपूर्तिका लागि कर्मचारीहरू पूर्ण रूपमा खटिनेछ । प्राधिकरणले यस्ता पर्वका समयमा आपूर्ति स्थिर राख्न वितरण लाइन, सबस्टेशन र मर्मत कार्यहरूमा आवश्यक पूर्वतयारी अघि बढाइसकेको उहाँको भनाइ रहेको छ ।