३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कार्यान्वयनमा आएन प्रमाणपत्र तहमा नर्सिङ र एचए अध्यापन गराउने निर्णय

कार्यान्वयनमा आएन प्रमाणपत्र तहमा नर्सिङ र एचए अध्यापन गराउने निर्णय
अ+ अ-

गण्डकी।  गोरखाको आँप पीपल अस्पतालमा स्वास्थ्य सहायक (एचए) र बागलुङको धवलागिरि अस्पतालमा नर्सिङ विषयको पढाइ सुरु गर्ने गण्डकी प्रदेश सरकारको निर्णय कार्यान्वयनमा आउन सकेन ।

चालु आर्थिक वर्षदेखि  कार्यान्वयनमा आउने गरी गत असार १६ गते प्रदेश मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)सँगका सहकार्यमा प्रमाणपत्र तहमा ती विषयको पठनपाठन सुरुआत गर्ने निर्णय गरेको थियो ।

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालगत्तै गत साउनदेखि नै पढाइ सञ्चालन गर्नेगरी प्रदेशको स्वास्थ्य मन्त्रालय र सिटिइभिटीले आवश्यक बजेटसमेत विनियोजन गरेको थियो । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले ढिलो प्रक्रिया सुरु हुँदा यस वर्ष नर्सिङ र एचएको पढाइ सञ्चालन गर्न नसकिएको बताउनुभयो ।

“दुवै अस्पतालमा भौतिक पूर्वाधारदेखि अन्य स्रोत व्यवस्थापनमा पनि हामी तयारी अवस्थामा थियौँ, तर अनुमति लिनेलगायतका प्रक्रियामा ढिलो भयौँ”, उहाँले भन्नुभयो, “चिकित्सा शिक्षा आयोगमा सिट निर्धारणको प्रक्रिया भर्खर सुरु हुँदै थियो, यही बीचमा जेनजी आन्दोलन भयो, थप काम अगाडि बढ्न सकेन ।” स्वास्थ्यमन्त्री पाठकले आउँदो आवदेखि पढाइ सुरु गर्नेगरी प्राविधिक र व्यवस्थापकीय तयारीलाई तीव्रता दिइने बताउनुभयो ।

यस विषयमा सङ्घको शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र सिटिइभिटीसँग निरन्तर पहल गरिरहने उहाँको भनाइ छ । नर्सिङ र एचएको पढाइ सुरु गर्न चालु आवमा स्वास्थ्य मन्त्रालयले रु एक करोड बजेट विनियोजन गरेको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिनुभयो । दुवै अस्पतालमा भौतिक पूर्वाधारदेखि र मानवसंसाधनको उपलब्धता रहेकाले पढाइ सुरु गर्न कुनै समस्या नरहेका उहाँको भनाइ छ ।

मन्त्रालयले धवलागिरि प्रादेशिक अस्पताललाई हालै सय शय्यामा स्तरोन्नति गरिएपछि स्टाफ नर्स पढाउने बाटो खुलेको थियो । एचए पढाउने तयारी भइरहेको गोरखाको आँप पीपल अस्पताल पनि अहिले ५० शय्यामा स्तरोन्नति गरिएको छ । स्टार्फ नर्सका लागि बागलुङ नगरपालिका–१४ स्थित ‘सिटिइभिटी’को भवनमा सैद्धान्तिक विषयको पढाइ र व्यावहारिक अभ्यास धवलागिरि अस्पतालमा गर्नेगरी तयारी गरिएको थियो । गोरखाको आँपपीपल अस्पतालमा एचए पठनपाठनका लागि भने केही पूर्वाधार थप्नुपर्ने आवश्यकता रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पालुङटार नगरपालिकाअन्तर्गत रहेको उक्त अस्पताल गत वर्ष मात्र प्रदेश सरकार मातहत ल्याइएको थियो । यी अस्पतालमा स्टाफ नर्स र एचए विषयको पढाइ सुरु भएमा स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादनका दृष्टिले महत्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको थियो । प्राविधिक विषयको पढाइ सुरु गर्ने विषयमा सिटिइभिटीको उच्च नेतृत्वसँग मुख्यमन्त्री र मन्त्रालय तहबाट भएको पटकपटकको छलफलपछि प्रदेश सरकारले उक्त निर्णय गरेको थियो ।

न्यून आय भएका र सीमान्तकृत समुदायका विद्यार्थीलाई प्रदेश सरकारबाट पूर्ण छात्रवृत्तिको सुविधासमेत दिनेगरी तयारी गरिएको थियो । पछिल्लो समय स्वास्थ्य क्षेत्रमा प्राविधिक विषय पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएकामा यी विषयको अध्ययनअध्यापनमा जोड दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जिल्लास्तरमा नर्सिङ, स्टाफ नर्सलगायत चिकित्सा विषयको पढाइ नहुँदा ग्रामीण भेगका विद्यार्थी ठूलो रकम खर्चेर पोखरालगायत ठूला सहरमा जानुपर्ने बाध्यता छ ।

पछिल्लो समय स्वास्थ्य क्षेत्रमा प्राविधिक विषय पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको अवस्थामा यी विषयको अध्ययनअध्यापनमा जोड दिइएको स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो । यसबाट जनशक्ति पलायनलाई रोक्न र विद्यार्थीको रोजगारीको सुनिश्चितताका लागि मद्दत पुग्ने उहाँको भनाइ छ । रासस