९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङ सिक्सेसपछि शरदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने



अ+ अ-

काठमाडौं । नेपाली क्रिकेटका अनुभवी खेलाडी शरद भेस्वाकरले हङकङ सिक्सेसपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार शरदको कप्तानीमा हङकङमा हुने हङकङ सिक्सेस खेल्ने नेपाली टोलीको घोषणा गर्दै उक्त जानकारी दिएको हो ।

क्यानका अनुसार भेस्वाकरले यही प्रतियोगितापछि आफ्नो अन्तर्राष्ट्रिय करियरलाई बिदा दिने घोषणा गरेका छन् ।

शरद सन् २०२२ यता राष्ट्रिय टोलीमा परेका छैनन् । यद्यपि, उनले औपचारिक रूपमा सन्यास भने लिएका थिएनन् । उनी पछिल्लोपटक गतवर्ष आयोजित नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजबाट खेलेका थिए। यस वर्ष भने उनी कुनै पनि टोलीमा बिक्री भएका थिएनन् ।

शरद सन् २०१४ मा पहिलोपटक विश्वकप खेल्ने नेपाली टोलीका सदस्य बनेका थिए । उनले नेपालका लागि टी–२० र एकदिवसीय दुवै फर्म्याटमा महत्वपूर्ण योगदान दिएका छन् ।

आगामी नोभेम्बर ७ देखि ९ सम्म हङकङमा आयोजना हुने ‘हङकङ सिक्सेस’मा नेपालले दोस्रोपटक सहभागिता जनाउनेछ । टोलीमा कप्तान शरद भेषावकरसहित आदिल आलम, सन्दीप जोरा, रसिद खान, लोकेश बम, बसिर अहमद र रुपेश सिंह रहेका छन् ।