२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङ सिक्सेसपछि शरदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने



अ+ अ-

काठमाडौं । नेपाली क्रिकेटका अनुभवी खेलाडी शरद भेस्वाकरले हङकङ सिक्सेसपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार शरदको कप्तानीमा हङकङमा हुने हङकङ सिक्सेस खेल्ने नेपाली टोलीको घोषणा गर्दै उक्त जानकारी दिएको हो ।

क्यानका अनुसार भेस्वाकरले यही प्रतियोगितापछि आफ्नो अन्तर्राष्ट्रिय करियरलाई बिदा दिने घोषणा गरेका छन् ।

शरद सन् २०२२ यता राष्ट्रिय टोलीमा परेका छैनन् । यद्यपि, उनले औपचारिक रूपमा सन्यास भने लिएका थिएनन् । उनी पछिल्लोपटक गतवर्ष आयोजित नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजबाट खेलेका थिए। यस वर्ष भने उनी कुनै पनि टोलीमा बिक्री भएका थिएनन् ।

शरद सन् २०१४ मा पहिलोपटक विश्वकप खेल्ने नेपाली टोलीका सदस्य बनेका थिए । उनले नेपालका लागि टी–२० र एकदिवसीय दुवै फर्म्याटमा महत्वपूर्ण योगदान दिएका छन् ।

आगामी नोभेम्बर ७ देखि ९ सम्म हङकङमा आयोजना हुने ‘हङकङ सिक्सेस’मा नेपालले दोस्रोपटक सहभागिता जनाउनेछ । टोलीमा कप्तान शरद भेषावकरसहित आदिल आलम, सन्दीप जोरा, रसिद खान, लोकेश बम, बसिर अहमद र रुपेश सिंह रहेका छन् ।