काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले जित निकालेको छ । केहीबेरअघि सम्पन्न खेलमा चेल्सीले नटिङहम फरेस्टलाई ३–० गोलले हराएको हो । घरेलु टोलिविरुद्ध सहज जित निकाल्न चेल्सीले सबै गोल दोस्रो हाफमा गरेको थियो ।
४९ औं मिनेटमा जोश अकेमपङ, ५२ औं मिनेटमा पेड्रो नेटो र ८४ औं मिनेटमा रिकि जेम्सले गोल गर्दै चेल्सीलाई जित दिलाए । ८७ औं मिनेटमा चेल्सीका मालो गुस्टोले रातो कार्ड खान पुगे ।
जितसँगै चेल्सीले ८ खेलबाट १४ अंक जोडेको छ भने टोलि अंकतालिकाको छैटौं स्थानमा छ । यस्तै, नटिङहम भने ५ अंकका साथ १८ औं स्थानमा छ ।










