२४ कार्तिक २०८२, सोमबार
,
Latest
चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीतिगत पहल गर्नेछः सञ्चारमन्त्री खरेल झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनु सरकारको प्राथमिकताः मुख्यमन्त्री पाण्डे दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि कोशी टप्पुमा देखिन थाले पाहुना चरा प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त, मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ ‘जेनजी’ आन्दोलनमा गण्डकीमा पाँच अर्बको क्षति सर्वोच्चद्वारा निकोलस भुसाललाई छाड्न अस्वीकार, छानबिन छिटो सक्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलद्वारा थप १५ प्यालेस्टिनीको शव फिर्ता गरेको हमासद्वारा पुष्टि



अ+ अ-

गाजा शहर। इजरायलले शनिबार १५ प्यालेस्टिनीहरूको शव गाजालाई फिर्ता गरेको छ। योसँगै सम्झौता अनुसार इजरायलद्वारा फिर्ता गरेका मृतक प्यालेष्टिनीको सङ्ख्या १३५ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविरामसम्बन्धी सम्झौताअनुसार इजरायलले प्रत्येक मृतक इजरायलीका लागि १५ जना प्यालेस्टिनीको शव बुझाउनु पर्ने थियो।

शुक्रबार अबेर हमासले अर्का एक बन्धक इजरायली नागरिकको शव फिर्ता गरेको थियो । युद्धविराम सुरु भएयता हमासले नौ जना इजरायली र एक नेपाली विद्यार्थीको शव बुझाइसकेको छ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार फर्केका केही शवमा दुव्र्यवहार, कुटपिट, हथकडी र आँखामा पट्टी बाँधी यातना दिएको सङ्केत देखिएको छ।

मन्त्रालयले युद्धविराम सम्झौता अन्तर्गत पहिले फिर्ता भएका अन्य मृत शरीरका बारेमा पनि यस्तै दाबी गरेको छ।इजरायली सेनाले यी दाबीहरू ‘हमासको गलत प्रचार’ भएको बताएको छ। “अहिलेसम्म फिर्ता गरिएका सबै शवहरू गाजा क्षेत्रका लडाकुहरूका हुन्,” इजरायली सेनाले शुक्रबार एएफपीलाई बताएको छ। (रासस/एएफपी)