२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएल दोस्रो सिजन शुरु हुनुअघि जनकपुरधाममा ट्रफी परेड



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन शुरु हुनुअघि मधेसको राजधानी जनकपुरधाममा ट्रफी परेड गरिएको छ ।

सातै प्रदेशमा एनपीएलको ट्रफी परेड गराउने क्यानको कार्यक्रमअन्तर्गत जनकपुरधाममा पनि ट्रफी परेड गरिएको हो । जेन—जी आन्दोलनपूर्व कोशी प्रदेशबाट शुरु भएको क्यानको ट्रफी परेड कार्यक्रम अन्तर्गत शनिवार मधेसको राजधानी जनकपुरधाम आइपुगेको छ ।

एनपीएलको ट्रफीसहित जनकपुरधामको जानकी मन्दिरमा पूजा अर्चना पश्चात शुरु भएको ट्रफी परेड नगरको विभिन्न भागको परिक्रमा गर्दै बसपार्क नजिक रहेको सीताशरण होटेल पुगेर समापन भएको छ । मधेस प्रदेशमा एनपीएलको ट्रफी परेड पश्चात यो ट्रफी परेडका लागि अन्य प्रदेशहरुमा पनि पठाइनेछ ।

परेडमा जनकपुर बोल्ट्सका साथै नेपाल क्रिकेट संघ धनुषाका पदाधिकारी र स्थानीयको उल्लेख्य सहभागिता रहेको छ । जनकपुर बोल्ट्स एनपीएलको पहिलो संस्करणको विजेता टोली पनि हो ।