२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकलाई उद्धारमा सहयोग गरेकामा अमेरिकी राजदूतले दिए धन्यवाद



अ+ अ-

काठमाडौं । संकटको समयमा अमेरिकी पर्यटकको उद्धारमा सहयोग गरेको भन्दै नेपालका लागि अमेरिकी राजदूत र्यान्‍डि बेरीले नेपालको प्रशंसा गरेका छन् । मंगलबार तीन सय दुई जना अमेरिकी नागरिकलाई घर फर्काएपछि उनले एक भिडियो सन्देश जारी गर्दै नेपाली जनताले आतिथ्य सत्कारको असाधारण दृष्टान्त प्रदर्शन गरेको भन्दै धन्‍यवाद दिएका छन् ।

राजदूत बेरीले पर्यटक अलपत्र पर्दा निशुल्क खानाको व्यवस्थापन गर्ने व्यवसायी, पर्यटक सकुशल काठमाडौं नफर्काएसम्म साथ नछाडेका सहयोगी गाइडलाई धन्यवाद दिएका छन् । नेपालसँगको ७० वर्षको साझेदारीको यसअघिको दृष्टान्तझैं यस पटक पनि आफूहरु सहकार्यमार्फत सफल भएको राजदूत बेरीले बताए ।

उनले कठिन समयमा पनि अमेरिकी नागरिकलाई आफ्नो परिवार र प्रियजनसँगै रहने वातावरण मिलाइदिएकोमा सबै सरोकारवालालाई धन्यवाद दिएका छन् । सयौं अमेरिकी घर फर्कदै गर्दा कतियले नेपाल भ्रमणका लागि फर्केर आउने योजना बनाइसकेको समेत राजदूतले जानकारी गराएका छन् ।